×

NEPAL TIMES UPDATES

Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026
Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026

स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

२७ कार्तिक २०७७

२७ कात्तिक, काठमाडौं ।

गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।

Advertisement

पोखरेलले भने, “कोरोनाभाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ ।” मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु, चितुवा, रेड पाण्डा रहेका छन् ।

ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । अवलोकनका लागि विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरेको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

व्यवस्थापन गर्न समस्या

अवलोक गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जीव जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए ।अहिले व्यवस्थापन गर्नै समस्या भए पनि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ ।

उद्धार केन्द्र अभाव

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समयसमयमा मानवबस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमा नै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तीनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानिमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ ।

“प्रत्येक वर्ष १०÷१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई ६ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ,” प्रमुख व्यवस्थापक डा.पोखरेलले भने ।

थपियो डाँफे

विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ । जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षण कक्षमा राखिएको छ । अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो । रासस

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top