×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

३० फाल्गुन २०८२

३० फागुन , काठमाण्डौ।

सरकार गठन र समानुपातिक तर्फका उम्मेदवारहरूको चयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दै छ । रास्वपाले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।

Advertisement
Advertisement

निर्वाचनको धपेडीका कारण अव्यवस्था भएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बिच बिहीबार छलफल भएपछि शनिवारका लागि सचिवालय बैठक बोलाइएको हो । आज सचिवालय बैठकले ठोस खाका तयार गरेपछि लगत्तै केन्द्रीय समिति बैठक बोलाएर समानुपातिकबाट सांसद हुनेहरूको सूची टुङ्गो लगाउने र संसदीय दलको नेता निर्वाचनसम्बन्धी व्यवस्था विधानमा संशोधन गर्ने तयारी छ ।

रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको सूची आइतबारसम्म पेस गर्न दलहरूलाई समय दिएको छ । पार्टीका प्रवक्ता मनीष झाले ‘पार्टी सभापतिको निर्देशनअनुसार सचिवालयको बैठक शनिवार बस्ने भएको र बैठकको समय र स्थान सभापतिको स्वास्थ्य अवस्थालाई ख्याल गरेर तय गरिनेछ,’ बताएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर होमिएको थियो । प्रतिनिधिसभा निर्वाचनको १६५ प्रत्यक्ष निर्वाचन तर्फ रास्वपाले १२५ स्थानमा जित निकालेको थियो । प्रत्यक्ष र समानुपातिक तर्फ गरी २७५ स्थानमा रास्वपाले १ सय ८२ सिट जित निकालेको छ ।

सभापति लामिछाने र साहबिच बिहीबार बिहान करिब २ घण्टा छलफल भएको थियो । त्यस क्रममा संसदीय दलको नेता चयनको प्रक्रिया, सरकार गठनको प्रक्रिया, सरकार गठन भएपछि मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल भएको थियो ।

रास्वपाले पार्टी विधानको धारा ६६ मा रहेको संसदीय दलका नेताको निर्वाचनसम्बन्धी प्रावधान संशोधन गर्न लागेको छ । विधानको धारा ६६ ९८० मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । धारा ६६ को उपधारा ८ (क)मा भनिएको छ, ‘सङ्घीय निर्वाचन अगावै पार्टीका तर्फबाट सङ्घीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबिच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् ।’

रास्वपाका सांसद मात्र नभई साधारण सदस्य पनि संसदीय दलका नेताको निर्वाचनमा मतदाता हुन पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ सँग बाझिएकाले पनि विधान संशोधन गर्न लागिएको हो । ऐनमा लेखिएको छ, ‘सम्बन्धित दलको निर्देशनबमोजिम सङ्घीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ ।’

विधान संशोधन गरेसँगै रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्न बाटो खुल्ने छ । बालेन साह रास्वपा संसदीय दलको नेता भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत रहेकाले उक्त दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् ।

संविधानको धारा ७६ ९१० मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’ भन्ने उल्लेख छ । लामो समयपछि देशले प्रस्ट बहुमतको सरकार पाउन लागेको हो । २०४६ सालको प्रजातन्त्र पुरस्थापना पछिका ३५ वर्षमा ३० पटक सरकार फेरिएका थिए । जनताले भ्रष्टाचार मुक्त देश र स्थायी सरकारको माग गर्दै यस पटक रास्वपा लाई प्रचण्ड बहुमत दिएका हुन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top