×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

१३ बैशाख २०८३

१३ वैशाख , काठमाण्डौ।

सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गराउने कार्यलाई आज पनि निरन्तरता दिने भएको छ । हिजो शनिबार काठमाडौं महानगरपालिका–११ स्थित थापाथली र वडा नम्बर ९ स्थित गैरीगाउँमा रहेको बस्ती खाली गरिएको छ भने कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलका बस्ती आज खाली गराइनेछ ।

Advertisement
Advertisement

बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए । हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण संकलन गरिएको छ ।

उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटेलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्तीहरू शनिबार नै खाली गर्ने तयारी भए पनि त्यो प्रक्रिया रोकिएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा ढुंगामुढा प्रहार गरिएको छ भने केही प्रहरी घाइते भएका छन्।

अँध्यारोमा डोजर चलाएर घर भत्काइएको भन्दै स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेका थिए । स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेपछि केही प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। थिमि प्रहरी वृतका प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवराज ढुंगानासहित एक दर्जन प्रहरी घाइते भएका हुन्।

अतिक्रमित संरचना हटाउने क्रममा त्यहाँ बसोबास गर्नेहरूले प्रहरी र डोजरमाथि ढुंगा हानेर अवरोध गरेका हुन् । ढंगा प्रहारबाट ८ जना प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना पत्रकार घाइते भएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिएका छन् ।

डोजर चलाउँदा स्थानीय अवरोध गरेपछि सुकुमवासी बस्तै हटाउने कार्य रोकिएकोमा आज बिहानदेखि फेरि डोजर चलाइने प्रहरीले जनाएको छ। मनोहरा बस्तीमा केही पक्की घर पनि छन्। पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दा आक्रोसित बनेका हुन्।

प्रहरीले डोजर चलाएर यहाँका तीनवटा झुपडी भत्काइदिएका छन्। त्यसमध्ये एउटा झुपडीमा सामानधरि पनि सारिएको थिएन। सामान सहितको घरमा डोजर चलेपछि स्थानीय आक्रोशित भएका थिए। यसले बस्तीका बसोबासी र प्रहरीबीच ढुंगा हानाहान भयो। केही सुकुम्बासी घाइते भएको र केहीलाई पक्राउ गरिएको स्थानीय बताउँछन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केही बेर ढुंगामुढा भएको बताएका छन्। बेलुका भएपछि सुरक्षाकर्मीहरू पछि हटेका छन्। स्थानीय भने बेलुकी अबेरसम्म आगो बालेर बसिरहेका थिए । उता भक्तपुरको मनोहरा क्षेत्रमा ८० प्रतिशतले सुकुम्बासी बस्ती छाडेका छन्।

शनिबार अपराह्नसम्म मनोहरास्थित बस्तीमा ८० प्रतिशतले बस्ती छाडेका हुन्। त्यहाँ बस्दै आएकाहरूले आफ्नो सामानसहित छाडेका छन्। बाँकी परिवारले पनि आफ्नो सामान सामान ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ। यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएको काठमाडौं महानगरपालिकाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ।

सरकारले काठमाडौँको नदी किनारका पाँच वटा बस्ती खाली गराउने जनाएको छ। बाँकी बस्तीमा आइतबार पनि डोजर चलाउने सरकारको तयारी छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन्।

वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शान्तिपूर्ण रुपमा खाली गराइएको छ । बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए। बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ।

सरकारले वास्तविक सुकुम्बासी परिवारलाई दुई साताभित्र नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राखिने बताएको छ। प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहले वास्तविक सुकुम्बासीको पहिचानपछि उनीहरूलाई दुई सातामै नागार्जुन नगरपालिकामा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने जानकारी दिएका हुन्।

उनका अनुसार सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गरेर काठमाडौंका विभिन्न होटलहरूमा राखिएको छ। होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भने आजबाटै सुरू गरिने छ।

वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राखेर उनीहरूको दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाइने बताइएको छ। सरकारले वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न स्थानीय प्रशासनले सूचना दिएको थियो ।

Advertisement
Advertisement

घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले आग्रह गरिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top