फेसबुकमा विश्वव्यापी समस्या, लगइन र सेवा प्रयोगमा कठिनाइ

२ साउन ८३, आइतबार

३ साउन , काठमाण्डौ ।

आइतबार फेसबुकमा आएको आकस्मिक प्राविधिक समस्याका कारण विश्वभरका प्रयोगकर्ताले आफ्नो खाता पहुँच गर्न तथा प्लेटफर्मका आधारभूत सुविधा प्रयोग गर्न कठिनाइ भोगेको छ। प्रयोगकर्ताहरूले मोबाइल एप र वेबसाइटमार्फत लगइन गर्न नसक्ने, न्यूज फिड ढिलो अपडेट हुने वा पूर्ण रूपमा नखुल्ने जस्ता समस्या सामना गरेको उल्लेख गरेका छन् ।

यस्तै, केही प्रयोगकर्ताले तस्बिर तथा भिडियो अपलोड गर्न, साथै फेसबुकसँग आबद्ध मेसेन्जरमार्फत सन्देश पठाउनसमेत समस्या भएको जानकारी दिएका छन्। यस्तै समस्या नेपालका प्रयोगकर्ताहरुले पनि भोगेका छन् । सेवा अवरुद्ध भएपछि धेरै प्रयोगकर्ताले आफ्नो अनुभव साझा गर्न र समस्याबारे जानकारी दिन एक्स (पूर्व ट्विटर) लगायतका अन्य सामाजिक सञ्जालको सहारा लिएका छन्।

Advertisement

अवरोध बढ्दै जाँदा ३ँबअभदययप सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रेन्ड हुन थालेका छन्। सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलियो । अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने ’डाउनडिटेक्टर’का अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका छन्।

डाउनडिटेक्टरका अनुसार ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको छ भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको छ। धेरैजसो प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको तर डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको बताएका छन्।

Advertisement

केही प्रयोगकर्ताहरूले अनौठो र डरलाग्दो अनुभव पनि साझा गरेका छन्। सामाजिक सञ्जाल ’रेडिट’ मा एक प्रयोगकर्ताका अनुसार, उनलाई सुरुमा “तपाईंलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ भन्ने सन्देश आएको थियो । जुन पछि सामान्य त्रुटिमा परिणत भयो।

यस्ता सन्देशका कारण कतिपय प्रयोगकर्ताहरू आफ्नो खाता ह्याक भएको वा बन्द भएको आशंकाले चिन्तित बनेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मेटाले आफ्नो त्रुटि सन्देशमा भनेको छ, ’साइटमा आएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन। हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौं। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्।’ तर ठ्याक्कै के भएको हो भन्नेबारे बताएको छैन ।

यस्तै समस्या इन्स्टामा पनि रहेको छ । प्रयोगकर्ताका अनुसार इन्स्टाग्राममा न्यूज फिड र एप सञ्चालनमा समस्या देखिएको छ भने फेसबुकको डेस्कटप (वेबसाइट) संस्करण बढी प्रभावित भएको छ। धेरै फेसबुक प्रयोगकर्ताले मोबाइल एप सामान्य रूपमा चलिरहेको भए पनि कम्प्युटर वा ल्यापटपबाट वेबसाइट प्रयोग गर्न नसकेको बताएका छन्।

इन्स्टाग्राम प्रयोगकर्ताले एप खोल्दा Sorry, something went wrong. We’re working on getting this fixed as soon as we can . अर्थात् “क्षमा गर्नुहोस्, केही प्राविधिक समस्या भएको छ। हामी यसलाई सकेसम्म छिटो समाधान गर्ने प्रयास गरिरहेका छौँ।“ भन्ने सन्देश देखिएको बताएका छन्।

एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, “फोनमा फेसबुक चलिरहेको छ, तर ल्यापटपमा खुल्दैन। ’Account temporarily unavailable’ भन्ने सन्देश बारम्बार देखाइरहेको छ।“ समाचार तयार पार्दासम्म मेटाले समस्याको कारणबारे आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन।

साथै, सेवा पूर्ण रूपमा कहिलेसम्म सामान्य अवस्थामा फर्किने भन्नेबारे पनि कुनै समयसीमा दिएको छैन। सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर ठप्प भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको ’कन्फिगरेसन परिवर्तन’का कारण उक्त समस्या आएको बताएको थियो। त्यसपछि पनि मेटाका प्लेटफर्ममा समस्या देखिँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top