बाढीले बगायो लाखौँ गणेश मूर्ति, रोकियो गणेश चतुर्थीको तयारी

३ साउन , काठमाण्डौ ।

धार्किक आस्था अनुशार प्रकृतिलाई केवल वातावरण होइन, देवीको स्वरूप मानिन्छ। यही प्रकृतिको माटोलाई कलाकारका कुशल हातहरूले भगवान् गणेशको दिव्य स्वरूप दिन्छन्, र अन्ततः ती मूर्तिहरू पुनः प्रकृतिमै विलीन हुन्छन्। तर यसपटक प्रकृतिको यही चक्र कलाकारहरूका लागि पीडाको कारण बनेको छ।

भारतको महाराष्ट्रस्थित रायगड जिल्लामा आएको भीषण वर्षा र बाढीले गणेश चतुर्थीका लागि तयार पारिएका लाखौँ गणेश मूर्तिहरू नष्ट गरिदिएको छ। महिनौँको मेहनत केही घण्टामै माटोमा मिसिँदा हजारौँ कलाकारको जीविकोपार्जन नै संकटमा परेको खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।

Advertisement

हरेक वर्ष गणेश चतुर्थीअघि रायगड जिल्लाका हजारौँ कलाकारले माटोलाई भगवान् गणेशको स्वरूप दिन्छन् । करोडौँ श्रद्धालुको घर–घरमा पुग्ने ती मूर्तिहरू केवल धार्मिक आस्थाको प्रतीक मात्र होइनन्, हजारौँ परिवारको जीविकोपार्जनको आधार पनि हुन् ।

तर यस वर्ष पर्व आउन केही सातामात्र बाँकी रहँदा आएको भीषण वर्षा र बाढीले महिनौँको मेहनतलाई केही घण्टामै माटोमा मिसाइदिएको छ । भक्तिको प्रतीक्षामा रहेका लाखौँ गणेश मूर्तिहरू अहिले भाँचिएका अवस्थामा कार्यशालाभित्र छरिएका छन् ।

Advertisement

कतै भगवान् गणेशको सुन्ड टुक्रिएको छ, कतै मुकुट भत्किएको छ, त कतै पूरा मूर्ति नै पानीमा बगेर माटोमा विलीन भएको छ । भारतकै प्रमुख गणेश मूर्ति निर्माण केन्द्र मानिने रायगडमा हजारौँ कलाकार यही पेसामा निर्भर छन् । तर यस वर्षको असामान्य वर्षाले लाखौँ मूर्तिहरू, हजारौँ कार्यशाला र कलाकारहरूको मुख्य आम्दानी नै संकटमा पारेको छ ।

अहिले उनीहरूका सामु सबैभन्दा ठूलो चुनौती समयसँगको दौड हो । किनकि गणेश चतुर्थी नजिकिँदै छ, तर नयाँ मूर्ति तयार गर्न समय अत्यन्त सीमित छ । हरेक शुभकार्यको सुरुवात भगवान् गणेशको नामबाट गरिन्छ । हिन्दू धर्ममा भगवान् गणेशलाई बुद्धि, सिद्धि र समृद्धिका देवताका साथै सबै विघ्न हटाउने विघ्नहर्ता मानिन्छ ।

त्यसैले गणेश चतुर्थी केवल एउटा धार्मिक पर्व मात्र होइन, करोडौँ हिन्दू श्रद्धालुको आस्था, संस्कृति र परम्परासँग जोडिएको विशेष अवसर पनि हो । यही पर्वका लागि हरेक वर्ष लाखौँ माटाका गणेश मूर्तिहरू तयार गरिन्छन्, जसले हजारौँ कलाकारको जीविकोपार्जनसमेत धानेको हुन्छ ।

तर यस वर्ष गणेश चतुर्थी आउन केही सातामात्र बाँकी रहँदा रायगड जिल्लामा आएको भीषण वर्षा र बाढीले हजारौँ कलाकारको महिनौँको मेहनत केही घण्टामै बगाइदिएको छ । जहाँ अहिले गणेशका मूर्तिहरू भक्तको घर पुग्ने तयारीमा हुनुपथ्र्यो, त्यहाँ भाँचिएका मूर्तिहरू, माटोले भरिएका कार्यशाला र अनिश्चित भविष्यसँग जुधिरहेका कलाकारहरू देखिन्छन् ।

भारतकै प्रमुख गणेश मूर्ति निर्माण केन्द्रका रूपमा चिनिने रायगडमा हरेक वर्ष करिब २० हजार कार्यशालाले ८० लाखसम्म गणेश मूर्तिहरू निर्माण गर्छन् । यही उद्योगले करिब एक लाख ५० हजार मानिसलाई मौसमी रोजगारी प्रदान गर्ने र अर्बौँ रुपैयाँको आर्थिक कारोबार गर्ने गरेको छ ।

तर जुलाईको दोस्रो सातामा परेको असामान्य वर्षाले यो परम्परागत उद्योगलाई गम्भीर संकटमा पु¥याएको छ । भारतको मौसम विभागका अनुसार ५ देखि ७ जुलाईबीच रायगड क्षेत्रमा पाँच सय ४८ मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । लगातारको वर्षापछि नदीहरूमा आएको बाढी कार्यशालासम्म पुग्दा हजारौँ तयार मूर्तिहरू, कच्चा पदार्थ र निर्माणका साँचाहरू समेत नष्ट भएका छन् ।

गणेश मूर्तिकारहरूको संस्था गणेश मुर्तिकार उत्कर्ष मण्डल का अनुसार करिब १० लाख गणेश मूर्तिहरू र तीन हजारभन्दा बढी कार्यशाला प्रभावित भएका छन् । ४० वर्षीय मूर्तिकार दिलीप म्हात्रे तीमध्ये एक हुन् । उनले छ महिनासम्म निरन्तर मेहनत गरेर करिब पाँच सय माटाका गणेश मूर्ति तयार पारेका थिए ।

तर केही घण्टाको बाढीले ती सबै मूर्तिहरू बगाइदियो । बीबीसीका अनुसार उनले अब ग्राहकको अर्डर पूरा गर्न नसक्ने र अग्रिम रूपमा लिएको रकम फिर्ता गर्नसमेत ऋण लिनुपर्ने अवस्था आएको छ। स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरेको र नियमअनुसार राहत उपलब्ध गराइने जनाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

तर कलाकारहरूका अनुसार बीमाबाट प्राप्त हुने क्षतिपूर्ति वास्तविक नोक्सानीको तुलनामा निकै न्यून हुने भएकाले उनीहरू अझै आर्थिक अन्योलमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top