म्याराडोना, पेले कि मेस्सी ? फुटबलको वास्तविक न्इब्त् को हुन् ?

२ साउन ८३, आइतबार

३ साउन , काठमाण्डौ ।

आज हामी खेलकुद जगतको त्यो एउटा ज्वलन्त र कहिल्यै नटुङ्गिने प्रश्नमाथि चर्चा गर्न गइरहेकाछौँ, जसले दशकौँदेखि संसारभरका समर्थकहरूको रगत उमाल्ने गरेको छ, चियापसलदेखि टेलिभिजन स्टुडियोसम्म चर्चा र विवाद निम्त्याएको छ र ठूलाठूला खेल पण्डितहरूलाई समेत दुई धारमा बाँडेको छ ।

प्रश्न एउटै छ, फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडी अर्थात् ग्रेटेस्ट अफ अल टाइम ’GOAT’ को हुन? जब लियोनेल मेस्सीले सन् २०२२ मा कतारको लुसाइल स्टेडियममा जादुमयी विश्वकप ट्रफी उचाले, धेरैले माने कि यो बहस अब सदाका लागि टुङ्गियो। तर, के साँच्चै मेस्सीले आफ्नै देशका ’फुटबलका भगवान्’ डिएगो म्याराडोना र ब्रजिलका ’ब्ल्याक पर्ल’ पेलेलाई सदाका लागि पछाडि छाडिदिएका हुन् त? कि सबै गोट हुन् ?

Advertisement

जब हामी लियोनेल मेस्सीको कुरा गर्छौँ, हामी एउटा यस्तो खेलाडीको कुरा गरिरहेका हुन्छौँ जसले लगातार दुई दशकसम्म विश्व फुटबलमा एकछत्र राज गरे। ३९ वर्षको उमेरमा पनि सन् २०२६ को विश्वकपमा जादू देखाइरहेका यी खेलाडीले आफूलाई नवयुवा भन्दा अब्बल नै देखाइरहेका छन् ।

मैदानमा उनको खेल बुझाइ, सही स्थानको छनोट र निर्णय क्षमता अझै पनि कुनै मास्टरमाइन्ड प्रशिक्षकको भन्दा कम छैन।मेस्सीको महानताको सबैभन्दा ठूलो र अकाट्य आधार उनको अतुलनीय कीर्तिमान र प्रदर्शनको निरन्तरता हो। धेरै महान् खेलाडीहरूको उत्कृष्ट समय पाँच या सात वर्षको हुन्छ, तर मेस्सी पछिल्लो बीस वर्षदेखि विश्व फुटबलको शिखरमा छन्।

Advertisement

यसै अवधिमा उनले कीर्तिमानी आठवटा बालन डोर, स्पेन र फ्रान्समा लिग उपाधि, च्याम्पियन्स लिग, कोपा अमेरिका र अन्ततः विश्वकपको उपाधि जितेर आफूलाई प्रमाणित गरेका छन्। उनको यो सफलता पछाडि एक भयानक प्रतिस्पर्धी मानसिकता लुकेको छ।

बार्सिलोनामा उनीसँगै खेलेका फ्रान्सेली लिजेन्ड थिएरी आन्रीका अनुसार, मेस्सीलाई मैदानमा कसैले जिस्क्यायो वा फाउल गर्यो भने, उनी एक भयानक जनावर झैँ आक्रामक बन्छन् र जादुमयी गोल गरेरै त्यसको बदला लिन्छन्।धेरै लामो समयसम्म मेस्सीलाई क्लबमा मात्र सफल हुने तर देशका लागि केही गर्न नसक्ने आरोप लागेको थियो।

तर सन् २०२१ मा कोपा अमेरिका जितेर २८ वर्षदेखिको उपाधि खडेरी तोडेपछि र २०२२ को विश्वकप जितेपछि मानिसहरूको उनीप्रतिको धारणा पूर्ण रूपमा बदलियो। कतारमा मेस्सीले आफ्नो व्यक्तित्वको त्यो आक्रामक र नेतृत्वदायी पक्ष देखाए, जसले उनलाई म्याराडोनाको प्रतिविम्बका रूपमा स्थापित ग¥यो र आर्जेन्टिनी जनतासँगको उनको भावनात्मक दूरी सधैँका लागि मेटाइदियो। ऋब २०२६ मा तिनै मेस्सी अर्काे नयाँ कीर्तिमान कोर्नबाट एक कदममात्रै टाढा रहेका छन् ।

स्पेनसँगको उपाधि भिडन्तमा विश्वकपको उपाधि अर्जेन्टिनाले रक्षा गरे धेरै कीर्तिमानहरु मेस्सीको नाममा लेखिने पक्का छ । तर दर्शकवृन्द, के तथ्याङ्कले मात्र महानताको मापन गर्न सक्छ त? यसमा पनि त्यतिनै चर्चा र विवाद छ । अर्जेन्टिनाको सडकमा आज पनि कसैलाई सोध्नुभयो भने, उनीहरूका लागि मेस्सी उत्कृष्ट खेलाडी होलान्, तर डिएगो म्याराडोना भनेका ’भगवान्’ हुन्।

सन् १९८६ को मेक्सिको विश्वकपमा उनले जसरी लगभग एक्लै आफ्नो जादुमयी खेलबाट अर्जेन्टिनालाई उपाधि जिताए, त्यो फुटबल इतिहासमै अत्यन्त दुर्लभ र अविश्वसनीय मानिन्छ।म्याराडोना मैदानभित्रका जादुगर मात्र थिएनन्, उनी मैदानबाहिर एक साँस्कृतिक र राजनीतिक प्रतीक पनि थिए।

अत्यन्त गरिबीबाट उठेर आएका म्याराडोना सत्ता र शक्तिको खुलेर विरोध गर्थे र आम गरिब जनताको आवाज बन्थे। मेस्सी मैदानबाहिर शान्त, लजालु स्वभावका छन् र विवादबाट टाढै रहन रुचाउँछन्। तर म्याराडोना एक विद्रोही थिए, जसको चमत्कारी व्यक्तित्वले मानिसको मनमा सिधै राज ग¥यो।

स्पेनी पत्रकार तथा मेस्सीका जीवनीकार गिल्येम बलगे भन्छन्, “म्याराडोना अर्जेन्टिनाका राजा थिए। राजा चुनिदैन, उसले केवल देशको प्रतिनिधित्व गर्छ।“ आज पनि धेरै अर्जेन्टिनीहरूलाई लाग्छ कि म्याराडोनाले मात्र उनीहरूको वास्तविक प्रतिनिधित्व गरेका थिए। र उनी नै गोट हुन् ।

अब कुरा गरौँ अर्का एक फुटबलका राजाको, जसलाई उछिनेको दाबी गर्नुअघि जो कोहीले पनि एक पटक इतिहासलाई फर्केर हेर्नुपर्छ । ब्रजिलका लेजेन्ड पेले। जब महानताको बहस हुन्छ, पेलेको नाम सबैभन्दा माथि आउनुको एउटै प्रमुख कारण हो । उनको विश्वकप रेकर्ड।

पेले विश्व फुटबलका एक मात्र यस्ता खेलाडी हुन् जसले सन् १९५८, १९६२ र १९७० गरी तीनवटा विश्वकपको उपाधि उचालेका छन्। उनलाई फुटबल इतिहासकै सबैभन्दा ’कम्प्लिट एथ्लिट’ अर्थात् शारीरिक रूपमा पूर्ण खेलाडी मानिन्छ। स्वयं पेलेले सन् २०१८ मा मेस्सीसँगको तुलनामा निकै कडा र रोचक टिप्पणी गरेका थिए।

उनले भनेका थिए, “जसले एउटा मात्र खुट्टाले खेल्छ र जसलाई राम्रोसँग हेड गर्न आउँदैन, ऊसँग मेरो तुलना कसरी हुन सक्छ? महान् खेलाडी हुन बायाँ खुट्टा, दायाँ खुट्टा दुवै चलाउन र हेडबाट उत्तिकै सशक्त गोल गर्न सक्नुपर्छ।“ ब्रजिलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी टोस्टओको भनाइलाई मान्ने हो भने, मेस्सी म्याराडोनाभन्दा उत्कृष्ट र पूर्ण भए पनि, समग्र शारीरिक क्षमता र एथलेटिसिजममा पेले नै सबैभन्दा माथि छन्।

पेलेको युगमा उनी शारीरिक रूपमा जति बलिया थिए, त्यो अन्य खेलाडीका लागि कल्पना बाहिरको कुरा थियो। दर्शकवृन्द, यदि फुटबललाई केवल गोल, असिस्ट र ट्रफीको तराजुमा जोख्ने हो भने, यो बहस उहिल्यै सकिसक्थ्यो र मेस्सी निर्विवाद विजेता बन्थे। तर फुटबल केवल गणित मात्र होइन, यो एउटा समय र युगको कथा हो र यी तीन फरक युगले यो बहसलाई अत्यन्त जटिल बनाएको छ।

पेलेले सन् १९५८ मा खेल्दा न आजको जस्तो आधुनिक खेल विज्ञान थियो, न त विश्वव्यापी टेलिभिजन प्रसारणको सुविधा नै थियो। म्याराडोनाको युग अर्थात् १९८० को दशकसम्म आइपुग्दा फुटबल विश्वव्यापी त बन्दै थियो, तर आजको जस्तो अर्बौँ डलरको उद्योग बनिसकेको थिएन।

तर मेस्सीले आफ्नो सम्पूर्ण करिअर यस्तो युगमा बिताए जहाँ हरेक पलको वैज्ञानिक विश्लेषण हुन्छ, अत्याधुनिक चिकित्सा सुविधा उपलब्ध छ, र सञ्चारमाध्यमले हरेक खेललाई सुक्ष्म रूपमा केलाउँछ। ब्रजिलका पूर्व स्ट्राइकर रोनाल्डो भन्छन्, “मापदण्डबिना कसरी तय गर्न सकिन्छ?“ पेलेले फुटबललाई विश्वव्यापी खेल बनाए।

म्याराडोनाले उथलपुथलपूर्ण समयमा यसलाई क्रान्ति, राजनीति र भावनासँग जोडे। र, मेस्सीले यसलाई आधुनिक युगको सबैभन्दा उत्कृष्ट, प्राविधिक र निरन्तरको कला बनाए। अर्थात तपाईँ कसलाई महान् मान्नुहुन्छ भन्ने कुरा, तपाईँ कुन कुरालाई बढी महत्त्व दिनुहुन्छ भन्नेमा भर पर्छ, अतुलनीय प्रतिभा, विश्वकपका ट्रफी, फुटबलमा ल्याएको क्रान्ति, वा खेलाडीले समाजमा छोडेको गहिरो प्रभाव ?

यही कारण हो कि, पेले, म्याराडोना र मेस्सीको यो ’महानताको बहस’ आज सकिनेवाला छैन। यो पुस्तादेखि पुस्तासम्म निरन्तर चलिरहनेछ । यद्यपि दुई महान खेलाडी पेले र म्याराडोना विश्व फुटबल जगतमा आफ्नो अतुलनीय छाप छाडेर यो संसारबाट बिदा भइसकेका छन् भने मेस्सी आफ्नो नाममा थप कीर्तिमानहरु कोरिरहेका छन् । तपाईँको विचारमा चाहिँ असली गोटको हो त? आफना विचारहरु अवश्य व्यक्त गर्नुहोला।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top