१७ भदौ , काठमाण्डौ ।
एभरेष्ट बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।


बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो।

नगद सहयोगका साथै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलित अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रमा वितरण गर्नका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्थानीय तह तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ।




