×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

१३ बैशाख २०८३

१३ वैशाख , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी वासिङ्टनको हिल्टन होटलमा आयोजित ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोजको क्रममा गोलीबारी भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स हिल्टन होटलमा उपस्थित हुँदा बाहिर गोली चलेको हो । अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार सुरक्षाकर्मीहरूले उनीहरू आकस्मिक रुपमा उद्धार गरी सुरक्षित रूपमा बाहिर निकालेका थिए ।

Advertisement
Advertisement

कार्यक्रम चलिरहेकै बेला ठूलो आवाज सुनिएपछि हल्ला मच्चिएको थियो । अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले ‘तल बस्नुहोस्’ भन्दै राष्ट्रपतिसहित उच्च अधिकारीहरूलाई बाहिर निकालेको बीबीसीले जनाएको छ । घटनामा स्टेफन मिलर, कश पटेललगायत वरिष्ठ अधिकारीहरूलाई पनि सुरक्षित स्थानमा लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार करिब पाँचपटक गोली चलेको आवाज सुनिएको थियो, जसपछि अतिथिहरू टेबलमुनि लुकेका थिए । फायरिङपछि अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूले अमेरिकी राष्ट्रपति तथा अन्य उच्चस्तरीय नेताहरूलाई तुरुन्तै कार्यक्रमस्थलबाट बाहिर निकालेको र यस घटनामा कसैलाई पनि चोटपटक नलागेको अमेरिकी सुरक्षाअधिकारीहरुले बताएका छन् ।

सीएनएनले आफ्नो रिपोर्टमा जनाएअनुसार डिनरका क्रममा गोली चलेपछि सिक्रेट सर्भिसका एजेन्टहरूले राष्ट्रपति ट्रम्पलाई तत्काल मञ्चबाट हटाएका थिए। कार्यक्रममा उपस्थित उपराष्ट्रपति तथा ट्रम्पको क्याबिनेटका सदस्यहरूलाई पनि तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

रिपोर्टअनुसार, ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसन डिनर चलिरहेको बेला राष्ट्रपति ट्रम्प उपस्थित रहेका समयमा नै सिक्रेट सर्भिसका एक एजेन्टले गोली चलेको छ भन्दै चेतावनी दिएका थिए। घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा मानिसहरू भाग्दै गरेको देखिन्छ।

घटनापछि राष्ट्रपति ट्रम्पले पोस्ट गर्दै अमेरिकी सेक्रेट सर्भिस र स्थानीय सुरक्षा निकायको प्रशंसा गरेका छन्। उनले सुरक्षा निकायले छिटो र साहसिक ढंगले काम गरेको उल्लेख गरेका छन्। साथै ट्रम्पले कार्यक्रम पुनः सहभागी हुने इच्छा व्यक्त गरे पनि सुरक्षा अधिकारीहरूको निर्देशन पालना गर्ने बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एक शंकास्पद आक्रमणकारी पक्राउ परिसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन । घटनापछि सहभागीहरूलाई हलभित्रै राखिएको थियो । राष्ट्रपति ट्रम्पले पछि आफ्नो सामाजिक सञ्जालमार्फत आक्रमणकारी पक्राउ परेको दाबी गर्दै कार्यक्रम जारी राख्ने सुझाव दिएका छन्, तर अन्तिम निर्णय सुरक्षा निकायको सल्लाहमा हुने बताएका छन् ।

राष्ट्रपति बनेपछि ट्रम्पले रात्रिभोजमा भाग लिएको यो पहिलो पटक थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, प्रत्यक्षदर्शीहरूले करिब पाँचदेखि आठ गोली चलेको आवाज सुनेको बताए । गोलीबारी डिनर हल माथिको लबी क्षेत्रमा भएको थियो । ट्रम्प लक्षित गोली बारी यसअघि पनि पटक पटक भइसकेका छन् ।

चुनावी प्रचारकै दौरान उनलाई लक्षित गर्दै २ पटक गोली हानिएको थियो । अर्कोतर्फ ट्रम्पले इरान युद्धसम्बन्धी वार्ताका लागि तय गरिएको अमेरिकी अधिकारीहरूको पाकिस्तान भ्रमण अन्तिम समयमा रद्द गरेका छन् । विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरको भ्रमण समयको बर्बादी हुने भन्दै ट्रम्पले इरानले वार्ता चाहेको भए आफैँ सम्पर्क गर्नुपर्ने बताएका छन् ।

यसअघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इस्लामावादमा मध्यस्थ पाकिस्तानसँग छलफल गर्दै युद्ध अन्त्यको आफ्नो प्रस्ताव राखेका थिए, तर अमेरिकाको कूटनीतिक प्रतिबद्धता अझै स्पष्ट नभएको बताए । यद्यपि, ट्रम्पले २२ अप्रिलमा सकिएको युद्धविराम अवधि थपेर वार्ताको अवसर दिएका थिए, दुवैपक्षबीच प्रगति हुन सकेको छैन ।

स्ट्रेट अफ होर्मुजमा तनाव चर्किएको छ, जहाँबाट विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति हुने गर्छ । अमेरिका र इजरायलको आक्रमणपछि इरानले मार्गमा नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले नौसैनिक उपस्थिति बढाएको छ । अमेरिकाले इरानसँग प्रत्यक्ष वार्ताको सम्भावना औँल्याए पनि इरानले त्यस्तो कुनै योजना नरहेको जनाएको छ ।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले वार्तामा खुला रहेको तर प्रतिबन्ध र धम्की मुख्य अवरोध भएको बताएका छन् । पछिल्ला हप्तामा पाकिस्तानले दुवैपक्षबीच मध्यस्थता गर्दै आएको छ, तर ११ अप्रिलमा भएको छलफल पनि सहमतिविना टुंगिएको थियो ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीचको पहिलो चरणको वार्ता अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो । २१ घण्टासम्म चले पनि वार्ता असफल भएको थियो । दुवै पक्ष होर्मुज जलडमरू र उनीहरूको आणविक कार्यक्रमको नियन्त्रणमा सहमतिमा पुग्न सकेका छैनन् ।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी नाकाबन्दी र दबाब जारी रहेसम्म प्रत्यक्ष वार्ता सम्भव नरहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँगको फोन वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । पेजेश्कियानका अनुसार इरानले दबाब, धम्की, नाकाबन्दीमा अमेरिकासँग वार्ता गर्दैन ।

Advertisement
Advertisement

उनले शान्ति प्रक्रियाको सबैभन्दा ठूलो बाधा संवादको अभाव नभई अमेरिकाको शत्रुतापूर्ण कार्य रहेको टिप्पणी गरेका छन् । उनका अनुसार जबसम्म अमेरिकाले आफ्नो दबाब कार्यहरू बन्द गर्दैन, तबसम्म विश्वास पुनस्र्थापित गर्न र वार्ता अगाडि बढाउन गाह्रो हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top