×

NEPAL TIMES UPDATES

Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

१० बैशाख २०८३

१० वैशाख , काठमाण्डौ।

गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिए । केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा अस्वाभाविक सम्पत्ति देखिएको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लगानीको विवरण पनि बाहिर आयो ।

Advertisement
Advertisement

उनले सञ्चालन गरेको सामाजिक संस्था ’हामी नेपाल’मा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङमाथि राजीनामाको दबाब बढेको थियो । त्यही दबाबमा बीच उनले बुधबार नैतिकताका आधारमा राजीनामा ।

छानबिनमा सघाउन तयार रहेको भन्दै उनले आफू पदमा हुँदा स्वर्थको द्वन्द्व नदेखियोस् भनेर नै राजीनामा दिएको बताए। खासमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको अनि उनले जेनजी आन्दोलनपछि खरिद गरेको शेयरबारे सम्पत्ति विवरण उल्लेख नगरेको विषयमा समाचारहरू आए।

यिनै विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेस, एमाले, जेनजी फ्रन्टलगायतले गुरुङमाथि तत्काल छानबिन प्रक्रिया सुरू गर्न सरकारसँग माग गरे। हुन पनि उनको बिचौलिया समूहले प्रवर्धन गरेको कम्पनीमा भएको लगानी देखिएपछि रास्वपा र प्रधानमन्त्री बालेन शाह दुवै दबाबमा देखिएका थिए।

अझ यसअघि तत्कालीन श्रममन्त्री दीपक कुमार साहलाई एक शब्द स्पष्टिकरण समेत नलिई बर्खास्त गरेको विषयले बालेनलाई चौतर्फी नैतिक र राजनीति दबाब बढेको थियो। तर सुधन आफू भने बुधबार बिहानसम्म राजीनामा दिन राजी देखिएका थिएनन्। उनले मंगलबार बेलुका कारबाही पनि नरोकिने अनि नडगमगाउने भन्दै लेखेका थिए ’वर्षौँदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्।

मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन।’ प्रधानमन्त्री बालेनसँग भएको छलफलमा पनि उनले आफ्नो निरन्तरता चाहेको बताइन्छ । तर बालेन र रवि नै अहिलेलाई निरन्तरताको विपक्षमा देखिएपछि सुधनले राजीनामा दिए ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार सुधनको माग छानबिन समिति बनाएरै जाँदा पुग्छ, राजीनामा किन दिने भन्ने थियो। तर सुशासनको मुद्दामा जिरो टोलेरेन्स (शून्य सहनशीलता नीति) भएकाले राजीनामा विकल्प भएको बालेनले जवाफ दिए।

दुई वटा ‘माइक्रो इन्स्योरेन्स’मा गुरुङले खरिद गरेको शेयर सम्पत्ति विवरणमा नदेखिएको, बरु उल्टै विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि बालेन सरकारमाथि सुशासनको गम्भीर प्रश्न उठेको थियो। सुरुमा गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिने कोसिस गरे।

तर पार्टीले भने यो मुद्दामा सामान्य छलफल समेत गरेन। सुधनको राजीनामाबारे सभापति रवि लामिछाने र प्रधानमन्त्री अनि सुधनबीच पटक पटक छलफल भए। प्रधानमन्त्रीले लिखित स्पष्टीकरण लिए। त्यसपछि सुधनले नैतिकता देखाएको उल्लेख गरे।

तर सुधनले फेसबुकमा लेखेका छन्, मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।यो सँगै चैत १३ मा गृहमन्त्रीको शपथसँगै जिम्मेवारी सुरु गरेका उनको मन्त्रीको कार्यकाल २६ दिनमा सीमित रह्यो।

तर यो २६ दिनमै उनी निरन्तर विवाद र चर्चामै रहिरहे। त्यसो त सुरुमा चर्चै नभए पनि उनी गृहमन्त्री भएका थिए। रवि लामिछानेले डीपी अर्याललाई गृहमन्त्री बनाउन गरेको जोडबल काम लागेको थिएन। अनि अप्रत्याशित रूपमा गुरुङ गृहमन्त्री भए।

गृहमन्त्री भएपछि प्रधानमन्त्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछिको वरीयता पाए, जसले पार्टीभित्र तीव्र असन्तुष्टि भयो। त्यसपछि उनी तेस्रोबाट पाँचौँ वरीयतामा झारिए। तर पनि गृहमन्त्रीको हटसिटमा गुरुङले रफ्तारमा काम गरेकै थिए। २६ दिने कार्यकालमा उनी आक्रामक रूपमा प्रस्तुत भए।

त्यसो त जेनजी आन्दोलनमा पानी बाँड्न सहभागी भएर सुधन एकाएक अभियन्ता हुँदै गृहमन्त्री बने । ’हामी नेपाल’ एनजीओको आर्थिक गतिविधिदेखि फ्रि तिब्बत अभियानसम्म जोडिएका उनी रास्वपा प्रवेश गरेर गोर्खा–१ बाट चुनावजितेसँगै सप्र्राइजको रूपमा गृहमन्त्रीमा नियुक्त भए।

चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले आफ्नो रफ्तार बढाए। गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए। हालै सुरक्षा पत्रकारहरूसँग सुधन आफैले भनेजस्तै उनले रातभर नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, एपीएफका आईजीपी राजु अर्यालसँग छलफल गरे, तर दुवै सुरक्षा प्रमुखले आनाकानी गरेपछि गृह मन्त्रालयको आदेशमा जरुरी पक्राउ पूर्जी थमाए, त्यो पनि ज्यान मुद्दामा।

त्यही पूर्जीको आधारमा भोलिपल्ट बिहान ओली र लेखक पक्राउ परे। गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ उनले ओली र लेखकलाई पक्राउ गर्न आदेश दिए। त्यसपछि उनले लगातार हाइप्रोफाइलहरू पक्राउको शृङ्खला सुरु गरे। पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे।

हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत संख्या काउण्ट डाउन सुरु गरे। तर गृहमन्त्री सुदनले फेसबुकमा ‘काउण्ट डाउन’ गरेकामध्ये ५ जना उच्च पदस्थ काठमाडौँ जिल्ला अदालत र सर्वोच्च अदालतको परमादेशपछि रिहा भइसकेका छन्।

ओली, लेखकसहित लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा, पूर्वमन्त्री दीपक खड्का अदालतको आदेशले छुटे। जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेका काठमाडौँका पूर्व प्रजिअ छवि रिजाललाई अनुसन्धान अधिकृतहरूले जिम्मा जमानीमा रिहा गरे।

चैत २० मा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले बयान लिएर छाडे। मन्त्री बनेको भोलिपल्टैदेखि नै उनको राजीनामा मागियो । दुई हप्ताअघि सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्र परेका संरचना हटाउने अभियान चलिरहेकै बेला सुधनले लिजमा लिएको भनिएको जग्गा पनि सोही क्षेत्रभित्र परेको खुलेको थियो।

यसबारे सामाजिक सञ्जालमा उनको नाम जोडेर फेवातालमा जग्गा रहेको भन्दै आलोचना भए। बालेन सरकार बनेको एक महिना नपुग्दै यस बीचमा सबैभन्दा बढी कोहि चर्चा र विवादमा पर्यो भने त्यो गृहमन्त्री गुरुङ नै थिए । छोटो समयमै उनले विवादसँगै चर्चा बटुले ।

सुधनको सबैभन्दा महत्वपूर्ण भूमिका रह्यो, रास्वपा सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरका मेयर बालेन शाहलाई मिलाउने मध्यस्थताकर्ताको। ’ढोकामा चुकुल लगाएर’ भए पनि उनले रवि, बालेनलाई एक बनाएर लैजाने कोसिस गरिरहे।

Advertisement

यस्तै उनकै प्रयासमा १२ दिनकै लागि भएपनि कुलमान घिसिङ्ग समेत सुधनकै भूमिकाका कारण रास्वपामा जोडिएका थिए । यो कदमलाई अहिलेका प्रधानमन्त्री बालेनले पनि तारिफ गरेका थिए। त्यही कारण उनले गृह मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top