×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

१० बैशाख २०८३

१० वैशाख , काठमाण्डौ।

पर्सि शनिबार र त्यसको भोलीपल्ट आइतबार, यो दुई दिनमा काठमाडौंको थापाथली क्षेत्रको सुकुम्बासी बस्ती पुरै खाली गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले आउँदो शनिबार र आइतबार थापाथली क्षेत्रको सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका हुन् । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसहित सबै सुरक्षा निकायका उच्च सुरक्षा अधिकारी सिंहदरबार पुगेका थिए ।

थापाथली क्षेत्रको बागमती खोला किनारको सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी सुरक्षा अधिकारीले बताएका छन्। यस विषयमा सुरक्षा अधिकारीहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरेर बस्ती हटाउन सुरु गर्ने तयारी छ ।

बालेन काठमाडौँ महानगरको मेयर हुँदा नै काठमाडौँका खोला किनारका सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यतिबेला सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन । अहिले भने संघीय सरकारको नेतृत्वमै पुगेपछि बालेनले फेरि सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बसेका बस्ती हटाउन सुरु गरेका हुन् ।

सरकारले देशैभरिबाट अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ । त्यसको सुरुवात काठमाडौँ उपत्यकाबाट गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सरकारको यो निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । प्रधानमन्त्रीको यो कदमलाई लिएर जेनजी अगुवा रक्षा बमले आपत्ति जनाउँदै यसलाई जनताप्रतिको धोका र राजनीतिक बेइमानीको संज्ञा दिएकी छन्।

रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले बालेनलाई लक्षित गर्दै ‘तपाईंले जानेको यत्ति मात्र हो?’ भनी प्रश्न गरेकी छन्। बमले बालेनको यो कदमलाई अपरिपक्वताको पराकाष्ठा मात्र नभई सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आम जनताप्रतिको चरम बेइमानी भएको आरोप लगाएकी छन् ।

यता नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन– ’सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर” भन्दै उर्दी जारी गरेछन्।

यो निर्णयले सरकारको असली चरित्र नाङ्गो बनाएको छ । उनकै दलका सभापति रवि लामिछानेले “सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?’ उनले प्रश्न गरेका छन– ’सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने ?गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने ?

सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने१ यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ।

यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो। यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।’ यता अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउन अनुरोध गरेका छन् । रोकाले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका हुन् ।

उनले आर्मी, शसस्त्र प्रहरीलाई परिचालन गरेर बाँदरलाई गाउँमा आउन निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुने उल्लेख गरेका छन् । उनले लेखेका छन– ‘सहरमा सुकुम्बासी बस्न निषेध गर्नु भन्दा, गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउनुस् सरकार ।

शसस्त्र पुलिस र आर्मी वा अरु को को हुन्छ लगाउनुस् र बाँदरलाई गाउँमा आउन निषेध गर्नुस्, सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ ।’ उनले सरकारलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधार लगायत एकीकृत ग्रामीण विकासमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

Advertisement

उनले लेखेका छन– ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधार लगायत एकीकृत ग्रामीण विकासमा ध्यान दिनुहोस् । त्यत्तिकै सहर कब्जा गर्दिने महामहिम ?’ भन्दै प्रश्न गरेका छन् ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top