×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

९ बैशाख २०८३

९ वैशाख , काठमाण्डौ।

हाम्रा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले जुन वेला आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे त्यस बेला धेरै सर्वसाधारणले अचम्मित बन्दै सोचे सामाजिक सञ्जालबाट पनि यति विधि पैसा कमाइ हुन्छ ? प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट आएको आम्दानी भनेर उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

के नेपालीहरूले साँच्चिकै सामाजिक सञ्जालबाट पैसा कमाइ रहेका छन् त ? प्रधानमन्त्री बालेन शाहको सम्पत्तिको स्रोत बारे जान्नु अघि हामीले के कुरा बुझ्न जरुरी छ भने भदौ २३ र २४ गते जुन जेनजी विद्रोह भयो त्यसको पहिलो कारण त्यही सामाजिक सञ्जालमाथि केपी शर्मा ओलीले लगाएको प्रतिबन्ध थियो ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा तीन दशकभन्दा बढी देशमा शासन गरिरहेका देशका ठूला र पुराना हौं भन्ने दलहरूलाई दुई दिनमै किनारामा मात्र पु¥याइ दिएनन्, त्यही सामाजिक सञ्जालबाट लाखौँ रुपैयाँ आम्दानी गर्ने युवालाई प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री नै बनाइ दिए ।

हुन त नेपालमा सामाजिक सञ्जालबाट कति मानिसहरूले मासिक आम्दानी गर्छन् र कति कन्टेन्ट क्रिएटर छन् भन्ने विषयमा सरकारी तथ्याङ्क पूर्ण रूपमा ठ्याक्कै उपलब्ध छैन। तर विभिन्न अध्ययन, नेपाल राष्ट्र बैंकको रिपोर्ट र डिजिटल इकोनोमी सम्बन्धी विश्लेषणहरूले एउटा स्पष्ट चित्र देखाएका छन्।

नेपालमा सामाजिक सञ्जालबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आम्दानी गर्ने करिब १ लाखभन्दा बढी क्रिएटर÷इन्फ्लुएन्सर सक्रिय रहेको अनुमान छ । यिनीहरू युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्मबाट पैसा कमाइरहेका छन् । धेरैजसोले साना देखि मध्यम स्तरको मासिक आम्दानी (हजारदेखि लाख रुपैयाँसम्म) गर्छन् ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सामाजिक सञ्जालमार्फत नेपालीहरूले एक वर्षमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । त्यसमा देशका प्रधानमन्त्रीको आम्दानी पनि पर्दछ । नेपालमा करिब १ लाख २५ हजारभन्दा बढी इन्फ्लुएन्सर÷क्रिएटर रहेको अनुमान छ । यसमा सबैले मासिक कमाइ गर्दैनन् । धेरैले पार्ट–टाइम वा शौकका रूपमा कन्टेन्ट बनाउँछन् ।

नेपालमा कन्टेन्ट क्रिएटरहरूको आम्दानी निकै फरक–फरक देखिन्छ । साना क्रिएटर मासिक ५ हजारदेखि ३० हजारसम्म कमाउने गर्छन् भने मध्यम खालका क्रिएटरहरूले मासिक ३० हजारदेखि डेढ लाखसम्म कमाउने गर्छन् । ठूला क्रिएटरहरूले मासिक लाखौँसम्म कमाउन सक्छन् ।

अब प्रश्न उठ्छ आखिर पैसा सामाजिक संजालबाट किन र कसरी आउँछ त ? सामाजिक सञ्जालमा पैसा आउने मुख्य आधार भ्युज, विज्ञापन, ब्रान्ड प्रमोशन, लाइभ गिफ्ट, सुपरच्याट र डिजिटल उत्पादन बिक्री हो । युट्युब जस्ता प्लेटफर्ममा कन्टेन्टकै आधारमा विज्ञापनदाताले पैसा दिन्छन्, र त्यसको निश्चित प्रतिशत ती कम्पनीले काटेर त्यसको हिस्सा क्रिएटरले पाउँछन् ।

तपाईंले बनाएको भिडियो वा पोस्ट धेरै मानिसले हेर्छन् । कम्पनीहरूले ती दर्शकलाई लक्षित गरेर विज्ञापन चलाउँछन् । विज्ञापनबाट कम्पनीले कमाउँछ । त्यसको हिस्सा क्रिएटरलाई दिइन्छ । यसरी “दर्शकको ध्यान” नै आम्दानीको मुख्य आधार बन्छ।

आजको डिजिटल युगमा सामाजिक सञ्जाल केवल मनोरञ्जन, सूचना वा संवादको माध्यम मात्र होइन, आम्दानीको बलियो स्रोत पनि बनेको छ। युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूले लाखौँ मानिसलाई रोजगारी र आम्दानीको अवसर दिइरहेका छन्।

नेपालमा पनि पछिल्लो समय युवाहरूले यही माध्यमलाई आम्दानीको नयाँ बाटोका रूपमा यसको प्रयोग गर्न थालेका छन्। विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालबाट कमाइ गर्ने मुख्य आधार “दर्शकको ध्यान” हो। जति धेरै मानिसले कुनै भिडियो वा सामग्री हेर्छन्, त्यति नै विज्ञापन र ब्रान्डहरूको पहुँच बढ्छ, र त्यसैबाट क्रिएटरले आम्दानी गर्छन्।

कहिलेकाहीँ साना च्यानलले पनि हजारदेखि लाखौँसम्म कमाउन सक्छन् भने ठूला क्रिएटरले करोडौँसम्म कमाउने उदाहरण पनि देखिन्छ। सामाजिक सञ्जाल अहिले केवल मनोरञ्जनको माध्यम मात्र होइन, नयाँ पुस्ताका लागि एक शक्तिशाली डिजिटल अर्थतन्त्र हो। युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्मले देखाएको कुरा स्पष्ट छ—यदि सही तरिकाले सामग्री बनाइयो भने घरमै बसेर पनि आम्दानी सम्भव छ।

विशेषज्ञहरूका अनुसार भविष्यमा डिजिटल प्लेटफर्महरू नै रोजगारी र आम्दानीको मुख्य स्रोत बन्ने सम्भावना अझै बढ्दै गएको छ। प्रधानमन्त्री बालेन शाहका युट्युबमा मात्र १२ लाख ९० हजारभन्दा बढी सब्सक्राइबर छन् । फेसबुकमा ४० लाख फलोअर्स छन् । प्रधानमन्त्री बन्नु भन्दा केही दिन अघि मात्र बालेन शाहले आफ्नो युट्युबमा जय महाकाली बोलको एउटा ¥याप गीत अपलोड गरेका थिए ।

३ मिनेट ४१ सेकेन्डको यो गीत तीन हप्तामा ७५ लाख भन्दा बढी पटक हेरिएको छ । यही एउटा गीतबाट मात्रै बालेनले लाखौं कमाइ गरेका छन् । नेपालको जनसंख्या ३ करोडभन्दा बढी छ । त्यसमध्ये डेढ करोड जनसंख्याको सामाजिक सञ्जालमा पहुँच रहेको अनुमान छ । करिब दुई महिना अघि नेपाली चलचित्र झरीपछि को इन्द्रेणीमा रहेको गीत ‘आम नेपाली बुवा’ पनि बालेनले आफ्नो युट्युबमा राखेका थिए ।

यो गीत पनि बालेन शाहको ¥याप गीत नै हो । अहिले सम्म यो गीत ९८ लाख पटक हेरिएको छ । बालेनले आफ्नो गीतसँगै २ घण्टा १७ मिनेट लामो फिल्म नै आफ्नो साइटमा अपलोड गरेका थिए । यो फिल्मले ४५ लाख भ्युज पाएको छ ,
सामाजिक सन्देश बोकेको उनको ¥याप शैलीले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतमा पुरानो चर्चित भजन “कुन मन्दिरमा जान्छौ यात्री” लाई पनि समावेश गरिएको छ, जसको मूल गायन रबिन शर्मा ले गरेका थिए, संगीत रणजीत गजमेर को रहेको छ भने शब्द लक्ष्मीप्रसाद देवकोटा का हुन्। ‘आम नेपाली बुवा’ ले विशेषगरी नेपाली समाज, परिवार र संघर्षशील बुवाको भावनालाई समेटेको छ।

बालेनको ¥यापले आधुनिक पुस्ताको दृष्टिकोण प्रस्तुत गर्दा, पुरानो भजनको प्रयोगले परम्परा र आधुनिकताको संयोजन देखाएको छ। करिब एक वर्ष अघि बालेन शाहले युट्युबमा राखेको अर्को गीत हो म नेपाल हाँसेको हेर्न चाहन्छु । लाज शरणम् फिल्ममा रहेको यो गीतको भागलाई मात्र वालेनले आफ्नो युट्युबमा राखेका थिए ।

३ मिनेट ५ सेकेन्ड लामो उक्त गीत अहिले सम्म १ करोड २४ लाख भन्दा बढी पटक हेरिएको छ । बालेनको यो गीत अहिले पनि सामाजिक सञ्जालमा चर्चामा नै छ ।

म नेपाल हाँसेको हेर्न चाहन्छु

नेपालीको मन नाचेको हेर्न चाहन्छु

म नेपाल हाँसेको हेर्न चाहन्छु

नेपाली खुसीले बाचेको हेर्न चाहन्छु ।

बोलको गीत साँच्चिकै मन छुने खालको छ । यति बेला ती नै नेपाल हाँसेको र नेपालीको मन नाचेको हेर्न चाहने बालेन यो देशको प्रधानमन्त्री छन् । उनीसँग पाँच वर्ष छ । उनले साँच्चिकै नेपाललाई हसाउने छन् कि छैनन् ? त्यो हेर्न चाहिँ केही समय कुर्नै पर्छ ।

इन्जिनियर, ¥याप कलाकार र अहिले देशको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका उनीबारे जनचासो स्वाभाविक रूपमा बढेको छ। नेपालमा लामो समयदेखि परम्परागत राजनीतिप्रति असन्तुष्टि रहँदै आएको थियो। यही असन्तुष्टिको पृष्ठभूमिमा नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्वको खोजी भइरहेको बेला बालेन्द्र शाह को उदय भएको हो।

उनले संगीतमार्फत सामाजिक सन्देश दिने, भ्रष्टाचारविरुद्ध बोल्ने र युवाहरूलाई सक्रिय बनाउने काम गरे। यही लोकप्रियता पछि राजनीतिक समर्थनमा परिणत भयो र उनी देशको नेतृत्वमा पुगे। उनको कुल सम्पत्तिबारे विभिन्न अनुमान सार्वजनिक भएका छन्।

उपलब्ध विवरणहरू अनुसार बालेन्द्र शाह को पैतृक जायजेथा गरी कुल सम्पत्ति करिब ६ देखि ८ करोड नेपाली रुपैयाँको हाराहारीमा रहेको मानिन्छ। यो रकम परम्परागत नेताहरूको तुलनामा धेरै ठूलो नभए पनि स्वतन्त्र रूपमा स्थापित व्यक्तिका लागि उल्लेखनीय छ।

अझ महत्वपूर्ण कुरा के छ भने उनको आम्दानीको स्रोत पारदर्शी र विविध छन्। राजनीतिमा आउनुअघि उनी एक सफल स्ट्रक्चरल इन्जिनियरका रूपमा चिनिएका थिए। उनले ‘बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि.’ मार्फत निर्माण र परामर्श सेवाबाट स्थिर आम्दानी गर्दै आएका थिए।

नेपालमा निर्माण क्षेत्र सधैं सक्रिय रहने भएकाले यो पेशा आर्थिक रूपमा बलियो आधार बन्ने गर्दछ। इन्जिनियरिङ क्षेत्रबाट उनले नियमित र भरपर्दो आम्दानी पाएका थिए, जसले उनलाई आर्थिक रूपमा स्वतन्त्र बनायो। यससँगै, उनको अर्को महत्वपूर्ण पहिचान भनेको संगीत क्षेत्र हो।

बालेन्द्र शाह नेपाली ¥याप संगीतका चर्चित नाममध्ये एक हुन्। उनका गीतहरू युवामाझ अत्यन्त लोकप्रिय छन्, जसमा सामाजिक विकृति, राजनीति र परिवर्तनका सन्देशहरू समेटिएका हुन्छन्। संगीतबाट उनले स्टेज परफर्मेन्स, युट्युब भ्युज, म्युजिक स्ट्रिमिङ र ब्रान्ड सहकार्यमार्फत राम्रो आम्दानी गर्दै आएका छन् ।

Advertisement

डिजिटल युगमा सामाजिक सञ्जालले आम्दानीको नयाँ ढोका खोलेको छ। बालेन्द्र शाह जस्ता लोकप्रिय व्यक्तिहरूका लागि फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटक केवल सञ्चारका माध्यम मात्र होइनन्, आम्दानीका स्रोत पनि हुन्। बालेन्द्र शाह को कथा केवल सफलता वा सम्पत्तिको कथा मात्र होइन, यो जिम्मेवारी र परीक्षणको कथा पनि हो। जनताले अब बालेनको काम हेर्न चाहेका छन्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top