×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

८ बैशाख २०८३

८ वैशाख ,काठमाण्डौ।

इरान युद्धको विरोध गर्दै प्रदर्शनमा उत्रिएका पूर्व अमेरिकी सैनिक र तीनका परिवार पक्राउ परेका छन् । वासिङ्टन डीसीस्थित संसद भवनमा इरानविरुद्धको युद्धको विरोधमा गरिएको प्रदर्शनका क्रममा ६० भन्दाबढी पूर्वसैनिक र उनका परिवारका सदस्य पक्राउ परेका हुन् ।

Advertisement
Advertisement

द हिलका अनुसार विभिन्न पूर्वसैनिक समूहद्वारा आयोजित प्रदर्शनका क्रममा क्यानन हाउस अफिस बिल्डिङबाट कम्तीमा ६२ जनालाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीहरू क्यानन भवनको रोटुन्डामा भेला भएर अमेरिकी हमलामा ज्यान गुमाएका इरानीहरूको सम्झनामा रातो ट्युलिप फूल बोकेका थिए ।

उनीहरूले ‘इरानविरुद्धको युद्ध अन्त्य गर’ लेखिएका ब्यानरसमेत प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले अहिलेसम्मको द्वन्द्वमा ज्यान गुमाएका १३ अमेरिकी सैनिकको सम्मानमा झण्डा झुकाउने प्रतीकात्मक कार्यक्रम गरेका र युद्धविरोधी नाराबाजी गरेका देखिन्छ ।

क्यापिटोल प्रहरीले प्रदर्शनकारीहरूलाई प्लास्टिकको डोरी (जिप–टाइ) लगाएर नियन्त्रणमा लिँदै घटनास्थलबाट हटाएको द हिलले जनाएको छ । यसैबीच इरानका एक वरिष्ठ अधिकारीले पाकिस्तानमा फेरि अमेरिकासँग शान्ति वार्ता गर्ने विचार गरिरहेको बताएका छन् ।

पाकिस्तानले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाउन अमेरिकालाई मनाउने प्रयास गरेपछि यो कुरा आएको हो । बीबीसी अरबीका अनुसार, ती इरानी अधिकारीले भनेका छन्, ‘अहिलेसम्म अन्तिम निर्णय भने भइसकेको छैन, तर यसलाई सकारात्मक रूपमा विचार गरिँदै छ।

पाकिस्तानले मध्यस्थकर्ताको काम गरिरहेको छ, अमेरिकी नाकाबन्दी अन्त्य गर्न र इरानको सहभागिता सुनिश्चित गर्न काम गरिरहेको छ।’ रोयटर्सले पनि इरानका एक वरिष्ठ अधिकारीले पाकिस्तानमा फेरि अमेरिकासँग वार्ता गर्ने विचार गरिरहेको बताएको उल्लेख गरेको छ । यसैबिच इरानसँग वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स आज पाकिस्तान प्रस्थान गर्ने बीबीसीले जनाएको छ ।

यता डोनाल्ड ट्रम्पले भने इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त हुने भनिएको थियो । तर, ट्रम्पले यसलाई अगाडि बढाउने सम्भावना निकै कम रहेको बताएका छन् ।

यो युद्धविराम दुई हप्ताको थियो, जुन बुधबार अप्रिल २२ मा अन्त्य हुँदै छ । यदि दुवै पक्षबीच कुनै सम्झौता भएन भने लडाइँ तुरुन्तै पुनः सुरु हुन सक्ने उनले बताए । ट्रम्पले इरानलाई छिटो सम्झौता गर्न दबाब दिइरहेका छन् । तर, उनले समय आफ्नो पक्षमै रहेको र कुनै पनि गलत सम्झौता नगर्ने बताएका छन् ।

ब्लूमबर्गलाई फोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले आफू कुनै पनि खराब सम्झौतामा हतार नगर्ने बताएका हुन् । ट्रम्पले पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ताबाट आफूले के अपेक्षा राखेका छन् भन्नेबारे पनि बताएका छन् । यद्यपि, इरानले यी वार्ताहरूलाई अस्वीकार गरिसकेको छ ।

उनले ग्यासको मूल्यका विषयमा पनि कुरा गरेका छन् । साथै, ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानका नयाँ नेताहरूलाई व्यक्तिगत रूपमा भेट्न तयार रहेको बताएका छन् । ट्रम्पले स्पष्ट रूपमा आफू इजरायलका कारण मात्र यस युद्धमा संलग्न नभएको बताएका छन् ।

उनका अनुसार, यसको मुख्य कारण ७ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमण थियो, जसमा करिब १२ सय इजरायलीहरूको मृत्यु भएको थियो । यस घटनाले इरानलाई कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न दिनु हुँदैन भन्ने उनको पुरानो धारणा अझ बलियो बनाएको छ ।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “इरान युद्धमा अद्भुत नतिजाहरू आउनेवाला छन् । यदि इरानका नयाँ नेताहरू समझदार छन् भने इरानको भविष्य धेरै राम्रो र समृद्ध हुन सक्छ !” पाकिस्तानका आर्मी चिफ फिल्ड मार्सल असिम मुनिरले इरान–अमेरिका वार्तामा देखिएको अवरोधबारे ट्रम्पसँग छलफल गरेका छन् ।

उनले वार्ताको दोस्रो चरणमा देखिएको एउटा ठूलो बाधाबारे उल्लेख गरेका छन् । रोयटर्सले पाकिस्तानी सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार असिम मुनिरले ट्रम्पलाई फोन गरी अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी इस्लामाबादमा हुने शान्ति वार्ताको दोस्रो चरणका लागि ठूलो अवरोध बनेको चेतावनी दिएका छन् ।

मुनिरको यो कदम तेहरानको उनको हालैको तीनदिने भ्रमणपछि आएको हो, जहाँ उनले राष्ट्रपति, विदेशमन्त्री र शीर्ष सैन्य अधिकारीहरूसहित इरानको वरिष्ठ नेतृत्वसँग भेट गरेका थिए । मुनिर त्यहाँ इरानलाई वार्ताका लागि पुनः तयार पार्न गएका थिए, तर इरानले आफ्ना राष्ट्रिय हितहरूलाई प्राथमिकता दिएको देखिएको छ ।

अमेरिकी टोली २० अप्रिलमा, इस्लामाबाद पुग्ने अपेक्षा गरिएको थियो । अर्को पक्षबाट इरानी टोली पनि आउनुपर्ने थियो । तर, इस्लामाबादमा सुरक्षा उपायहरू पहिलेझैँ कडा रहेका छन्, यद्यपि वार्तामा सहभागी हुने अधिकारीहरूको बारेमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।

यसअघि ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका थिए । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् ।

यस्तो लामो समयसम्म चल्न असम्भव छ । यता इरानले पनि ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको थियो । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।

यसैबीच इरानका एक पूर्वमन्त्रीले देशका सर्वोच्च नेता मोज्तबा खामेनी ‘पूर्ण रूपमा स्वस्थ’ भएको दाबी गरेका छन् । इरानका पूर्वपर्यटन मन्त्री एज्जातोल्लाह जरघामीले सामाजिक सञ्जाल एक्समार्फत सर्वोच्च नेता खामेनी सुरक्षा संवेदनशीलताका कारण मात्र उनी सार्वजनिक नभएको दाबी गरेका छन् ।

इरान ब्रोडकास्टिङका पूर्वप्रमुखसमेत रहेका जरघामीले एक्समा लेखेका छन्, ‘सुरक्षाका कारणले गर्दा अहिले नै खामेनीको तस्बिर वा अडिओ जारी गर्नु उपयुक्त नहुने विश्वसनीय विज्ञहरूको भनाइ छ।’ जरघामीले खामेनीको स्वास्थ्यबारे जनतालाई निराधार हल्लामा ध्यान नदिन अपिल पनि गरेका छन्।

Advertisement

मार्च ८ मा सर्वोच्च नेता बनेयता मोज्तबा खामेनीले सार्वजनिक भाषण दिएका छैनन्, क्यामेरामा देखा परेका छैनन् र उनको हालसालैको तस्बिर पनि जारी गरिएको छैन। यद्यपि विगत ४० दिनमा उनले लिखित वक्तव्य जारी गरेका छन् । यही अप्रिल २० मा पनि उनले आफ्नो बुबाको मृत्युमा समवेदना व्यक्त गर्ने सुन्नी धर्मगुरुहरूलाई धन्यवाद दिएका थिए ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top