×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

८ बैशाख २०८३

८ वैशाख ,काठमाण्डौ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खला जोगाउन जित्नै पर्ने दबाबका बीच नेपालले आज दोस्रो तथा अन्तिम ट्वान्टी २० खेलमा युएईसँग खेल्दैछ । नेपालले काठमाडौंमा रहेको टियु क्रिकेट रंगशालामा युएईसँग बेलुका ५ बजे पछि खेल्दैछ । शङ्खलाको पहिलो खेलमा सोमबार नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

Advertisement
Advertisement

May be an image of ‎text that says '‎OntNNe أهک CAN GULSHAN GUL SHAN GULSHAN 15 NEPAL SANDEEP 25 U NAASA NEPAL HEMAM 13 MMot‎'‎

वर्षाले प्रभावित खेलमा १० ओभरमा पाएको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । २ खेलको शृङ्खलामा बराबरी गरी शृङ्खला जोगाउन नेपाललाई जितको विकल्प रहेको छैन । युएई पनि जितका साथ शृङ्खला जित्ने लक्ष्यमा रहेको छ । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे ।

May be an image of text

आजको खेलमा सन्तोष यादवले पनि डेब्यू पाउने सम्भावना छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् । यस्तै नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो ।

May be an image of text that says 'CAN ប៉រតក BAASA វតាង MIPAL শই -종일 (BAREA IPAL ・吉 MAA5A MUA5A IEPAL 監 AOVrA MAASA SEPAL 害 : NEPAL VEPAL NEPAL 28 NEPAL NEPAL TION TIONNEPAL NEPAL 프프 XTREME ENERGY DRINK DEINK XTREME ENERG DRINK XTREME EHERGY DRINK XTREME ENERGY DRINK'

यसबीच अब आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘गर या मर’ को अवस्थामा उत्रिन लागेको हो । यो खेलमा घरेलु टोलीलाई जितबाहेक अर्को विकल्प छैन। पहिलो खेलको हारले नेपाललाई दबाबमा परेको हो । आजको खेल नेपालका लागि बराबरीका लागि मात्र होइन, आत्मविश्वास फर्काउने अवसर पनि हो ।

May be an image of text

घरेलु मैदानमा समर्थकको साथ पाउँदा पनि प्रदर्शन सुधार्नु चुनौतीकै विषय बनेको छ । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए ।

 

May be an image of text उनले ३५ बलमा चौका ३ प्रहार गरे । उनले यसै खेलमार्फत कप्तानीमा डेब्यु गरेका छन् । यसअघि उनी टोलीका उपकप्तान थिए । तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएपछि कप्तानी जिम्मेवारी ऐरीले पाएका हुन् ।

May be an image of text

उता युएई पहिलो खेलको जितलाई निरन्तरता दिँदै सिरिज जित्ने योजनामा छ । यो टोली आत्मविश्वासका साथ मैदान उत्रनेछन् । यसले नेपालका लागि चुनौती अझ कठिन बनाउने पक्का छ । नेपालको टी–२०आई टोलीमा दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल रहेका छन् ।

May be an image of text that says 'CAN AN 10 NAASA NEPAL'

Advertisement

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाल, युएई र ओमान सम्मिलित लिग–टु वैशाख १२ देखि २२ गतेसम्म हुनेछ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top