×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

७ बैशाख २०८३

७ वैशाख , काठमाण्डौ।

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुर आज बिहान काठमाडौँ आइपुगेका छन्। उनी बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्। सुरक्षा स्रोतका अनुसार उनले टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके ७२६ बाट यात्रा गरेका थिए।

Advertisement
Advertisement

सहायक विदेशमन्त्री कपुर चढेको जहाज बिहान करिब ६ बजेर २० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। काठमाडौँ रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकता बारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन्। मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएका थिए। उनको ठाउँमा सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशिया मामिलाको धरातलीय यथार्थ राम्रोसँग बुझ्ने, विश्लेषण गर्ने क्षमता राख्छन्।

नेपाल भ्रमणकै लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्केका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे। काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । उनको भ्रमणको उद्देश्य बालेन शाहको प्रशासनसँग सम्बन्ध स्थापित गर्नु हो। यस क्रममा उनले बालेन शाहको सरकारका प्राथमिकताहरू सुन्नेछन् र वाशिङ्टन नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्नेबारे जानकारी दिनेछन्।

यस दौरान अमेरिकी टोलीले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा नेपाल–अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग भेटघाट गर्नेछ। उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्नेछन्। फेब्रुअरीमा बङ्गलादेशमा नयाँ सरकार बनेपछि कपूरले ढाकाको पनि भ्रमण गरेका थिए र बङ्गलादेशका परराष्ट्रमन्त्री खलीलुर रहमान, परराष्ट्र राज्यमन्त्री शमा ओबैद इस्लामलगायत वरिष्ठ नेताहरूसँग भेट गरेका थिए, तर उनले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानसँग भेट गरेनन्।

नेपालमा निर्वाचनअघि कपूर नै पहिलो अमेरिकी अधिकारी थिए जसले ट्रम्प प्रशासनलाई नेपालमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा पूर्ण विश्वास रहेको र आगामी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए। कपूरले भनेका थिए कि बङ्गलादेश, नेपाल, माल्दिभ्स, श्रीलङ्का र भुटानजस्ता देशहरू आफ्नो भौगोलिक अवस्थाका कारण रणनीतिक रूपमा निकै महत्वपूर्ण छन्, तर उनीहरू जबर्जस्ती दबाबप्रति संवेदनशील पनि छन्।

उनले यस क्षेत्रमा ‘ऋण–आधारित प्रभाव रणनीति’बाट उत्पन्न हुने जोखिमप्रति सचेत गराएका थिए, जसको संकेत चीनतर्फ थियो। चीनले बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्कालाई निरन्तर ऋण दिँदै आएको छ। चीनले नेपाललाई पनि बीआरआई अन्तर्गत ऋण दिन चाहन्छ, तर नेपाल अहिलेसम्म चिनियाँ ऋणबाट टाढा रहन सफल भएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापकसमेत रहिसकेका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष सन् २०२०–२१ सम्म विदेश विभागको नीति योजना टोलीमा पनि काम गरेका थिए। त्यहाँ उनलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

अमेरिकी नावल पोस्ट ग्राजुएट स्कुलका प्राध्यापकसमेत रहिसकेका कपुरलाई पाकिस्तानका कट्टर आलोचकका रूपमा विश्लेषण गरिन्थ्यो। तर, पछिल्लो समय इरान र अमेरिकाबिच वार्ता गराउन पाकिस्तानले गरेको मध्यस्थतामा सहायक विदेशमन्त्री कपुरको भूमिकाको पनि चर्चा हुने गरेको छ।

विदेश विभागको कर्मचारी रहेकै समयदेखि उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन्। उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतङ्कवाद र क्षेत्रीय सुरक्षाका विषयमा अनुसन्धानहरू गरेका छन्।

Advertisement
Advertisement

दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बिच वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति चर्चामा आइरहेको छ। बालेन नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा चालेका कदमहरूले पनि चर्चा पाएका छन्। कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top