×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

७ बैशाख २०८३

७ वैशाख , काठमाण्डौ।

गएको भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एकाएक राष्ट्रिय राजनीतिमा उदाउदै दुई तिहाइ नजिकको रास्वपा सरकारको शक्तिशाली गृह मन्त्रालयको नेतृत्व सम्हालिरहेका गृहमन्त्री सुधन गुरुङ ठूलो प्रश्नको घेरामा परेका छन् । उनीमाथि माथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षणसहित बर्खास्त र पक्राउको माग गरेको छ ।

Advertisement
Advertisement

संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो । वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ ।

मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ । त्यसैगरी, वक्तव्यमा बालेन साह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।

हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ । संगठनले वर्तमान सरकारलाई ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ ।

सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा उल्लेख गरिएको छ । जेनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा पुनः जोड दिँदै दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ ।

संगठनले पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनी समेत दिएको छ । सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ।

गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेका छन्। यसबाट जेनजी आन्दोलनको पाँच महिनापछि उनले दोस्रो बजारमा सेयर किन्न थालेको देखिन्छ। त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा पक्राउ परेका दीपक भट्ट समूहको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा पनि गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको खुलेको छ।

आफ्नो स्वामित्वमा रहेका यी सेयरहरूका बारेमा गृहमन्त्री गुरूङले सम्पत्ति विवरणमा प्रस्ट खुलाएका छैनन्। उनले पहिलो पटक २०८२ माघ १५ गते ७ लाख ९० हजार रूपैयाँको सेयर किनेको देखिन्छ। सुधन गुरूङले गृहमन्त्रीका रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो स्वामित्वमा रहेको सेयर विवरण पनि खुलाएका थिए।

त्यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।

उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्। त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको मूल्य हो।

गुरूङ सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शंकर समूहको लगानी रहेको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा सेयर लगानीकर्ता रहेको खुलेको छ। यी दुवैको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्समा २५–२५ लाख रूपैयाँ गरी ५० लाख रूपैयाँको सेयर रहेको विवरण हिमालखबरले केही समयअघि सार्वजनिक गरेको थियो।

यसमध्ये स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरूङको २५ लाख रूपैयाँ बराबर सेयर रहेको विवरण ’दियो पोस्ट डटकम’ ले पनि आइतबार सार्वजनिक गरेको छ। विगतमा विभिन्न व्यवसायमा संलग्न रहेको भए पनि पछिल्लो समय पूर्ण रूपमा समाजसेवामा लागेको बताउँदै आएका सुधनले यति ठूलो सेयर लगानी गर्न कहाँबाट पैसा ल्याए भन्ने प्रश्न छ।

गुरूङ आफैले भने व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट सेयर किनेको विवरण दिएका छन्। उनले आफ्नो हदबन्दी भन्दा बढीको जग्गा भने अंशबण्डा नभएको बताएका छन् । बालेन सरकारका मन्त्रीहरु मध्ये गृहमन्त्री गुरुङ सबैभन्दा एक्सनमा उत्रिने मन्त्री भित्र पर्दछन् ।

Advertisement
Advertisement

उनले १० दिनभित्रै कानूनी प्रश्न उठेका आधादर्जन बढी भीआईपीहरुलाई कानूनी दायरामा ल्याउन भूमिका खेलेका थिए । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व उर्जामन्त्री दिपक खड्कासहित दिपक भट्ट, शंकर अग्रवालसहितका रहेका छन् । जसमा दिपक भट्टबाहेक सबैजना हिरासतमुक्त भइसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top