×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

५ बैशाख २०८३

५ वैशाख , काठमाण्डौ ।
फागुन २१ को निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई बालेन शाहले हराएकै कारण अहिले एमालेभित्र विशेष महाधिवेशनको दबाब अभियान सञ्चालन भइरहेको छ। अनि यसको फ्रन्टमा छिन् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी। उनका पछिल्ला गतिविधिहरू विशेषगरि ’चुनावी हारको नैतिक जिम्मेवारी ओलीले लिनुपर्छ’ भन्ने उनको अभिव्यक्तिलगायतले उनी पार्टी पुनर्गठनमा थप सक्रिय भएको पुष्टि गर्छ।

एमाले पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले शुक्रबार पार्टीका पदाधिकारी तथा २४ जनवर्गीय संगठनका प्रतिनिधिहरूसँग छलफल गरिन् । छलफलमा एमाले सचिव भानुभक्त ढकाल पनि उपस्थित थिए । केही समयअघि ओलीले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन नमिल्ने भन्दै मदन भण्डारी फाउण्डेसनको मञ्च प्रयोग गरेर राजनीतिक गतिविधि नगर्न निर्देशन दिएका थिए।

Advertisement
Advertisement

त्यति मात्र हैन, ओलीले आफू निकट नेताहरूलाई ती कार्यक्रमहरूमा सहभागी नहुन सार्वजनिक रूपमै उर्दी जारी गर्थे। सचिव ढकालले पनि फाउण्डेसन मार्फत भण्डारीले गरेका सक्रिय राजनीति गतिविधिको विरोध गर्दै आएका थिए। तर उनै ओलीनिटक भनेर चिनिने सचिव ढकाल २४ जनसंगठनका प्रतिनिधिलाई लिएर थापागाउँस्थित भण्डारीको सम्पर्क कार्यालय पुगे।

जबकि २०८२ असार ३१ मा फाउण्डेसनले बनाएको हिरक जयन्ती व्यवस्थापन समितिमा बस्न पनि उनले इन्कार गरेका थिए। अहिले उनै सचिव ढकाल एमाले पुनर्गठनमा भण्डारीको सक्रियता र अध्यक्ष ओली कमजोर बनिरहेको परिस्थितिमा त्यही फाण्डेसनले आयोजना गर्न लागेको हिरक जयन्ती सफल पार्ने छलफलमा उपस्थित भएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भण्डारीको सचिवालयले भने यसलाई मदन भण्डारी हीरक जयन्ती कसरी राम्रो र व्यवस्थित रूपमा मनाउन सकिन्छ भनेर छलफल गरेको जनाएको छ। एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारीको आगामी असार १४ गते ७५ औं जन्मजयन्ती पर्छ। अहिले दुई ठूला कम्युनिष्ट शक्तिहरू एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेताहरूबीच सहकार्यका लागि सुरू भएको संवादले मूर्त रूप लिंदैछ।

विहीबार मात्रै आगामी सहकार्यको नाममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र नेकपा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबीच संवाद भएको थियो। त्यसले एक चरण अगाडी पुगेर शुक्रबार शीर्ष नेतृत्व तहमै पुगेको छ।

अस्पतालमा उपचार गराइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड टिचिङ अस्पताल पुगेसँगै यो विषयले चर्चा पाएको हो। बुझिएअनुसार त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए।

संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल अनि झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा करिब ४ घण्टा छलफल गरेको बताइन्छ। त्यसपछि मात्र प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्।

खासमा केही दिनयता दुई दलका दोस्रो तहका नेताहरूले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणाममा कम्युनिष्ट शक्तिहरूलाई नागरिकले अस्वीकार गरेकोमा उनीहरू चिन्तित थिए, त्यहीकारण ती दोस्रो तहका नेताहरूले वाम सहकार्य हुँदै एकतासम्म जाने मनोविज्ञानले छलफल थालेको बताइन्छ। मंसिर ०८२ मा हुने स्थानीय र प्रदेशको निर्वाचनसम्मै सहकार्यका लागि ठोस आधार बन्नेगरी छलफल भइरहेको छ।

तत्काल राष्ट्रिय मुद्दामा सहकार्य गर्ने, स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन गरी प्रतिस्पर्धा गर्नेसम्म हुने नेकपा नेताहरूको दाबी छ।निर्वाचनले खुम्चाइदिएका एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड ‘संविधान निर्माता’ नेताको हैसियतले राष्ट्रियता, संविधान संशोधनका मुद्दामा सहकार्य गर्ने मनस्थितिमा पुगेको नेकपाका एक नेता बताउँछन्।

प्रचण्ड पछिल्लो समय राष्ट्रिय मुद्दामा एमालेलगायत दलसँग सहकार्य हुनुपर्ने पक्षमा सार्वजनिक मन्तव्य दिइरहेका सुनिन्छन्। यस्तोमा संविधान रक्षा, संघीयता, राष्ट्रियताको विषयमा संविधान निर्माता दलहरूबीच साझा अवधारणा हुनुपर्नेमा ओली र प्रचण्डको साझा मत भएको बुझिन्छ।

एमाले उपमहासचिव लेखराज भट्टले संविधान निर्माता दलहरूबीच सहकार्य गर्ने अर्थमा एमाले र नेकपा नेताबीच संवाद भइरहेको बुझेको बताए। ‘अहिले एकतामा जानेभन्दा राष्ट्रिय मुद्दामा सहकार्य गरेर जानुपर्छ भन्ने अर्थमा मैले बुझेको छु। संविधानको रक्षा, राष्ट्रियतालगायतक मुद्दामा सहकार्य हुन सक्छ,’ उनले भने।

एमाले र नेकपाबीच सहकार्य र कालान्तरमा एकताकै तहसम्म पुग्नसक्ने एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेको आशंकाले पनि पुष्टि गर्छ। पार्टीभित्र भण्डारीनिकट मानिने पाण्डेले सामाजिक संजालमा पार्टीलाई बलियो बनाउनु लाग्नुको साटो फेरि पनि वाम एकताको दौडधुप सुरू भएको भन्दै आपत्ति जनाएका थिए।

बरू एमालेको पुनर्निर्माण गर्दै क्षमतावान र दक्ष युवाहरूलाई पार्टीमा भित्र्याउनुपर्ने नत्र पार्टी झन् साँघुरिँदै जाने उनको दाबी छ। ’विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ,’ उनले लेखेका छन्।

खासमा एमाले पुनर्गठनको अभियानमा लागेकी भएपनि भण्डारी सतहमा देखिनेगरि आकलझुकल मात्र खुलिरहेकी छन्। उनले पार्टीभित्र संस्थापनसँग संघर्ष गर्दै ओलीको बहिर्गमनका लागि उपाध्यक्ष विष्णु पौडेलसँगको सहकार्यमा तल्लीन देखिन्छन्। यसको सूत्रपात फागुन २१ को निर्वाचन नतिजा आउन थालेदेखिकै हो।

निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि एमालेभित्र नेतृत्व परिवर्तको बहस चल्यो। उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीलाई पदबाट राजीनामाका लागि बाध्य पार्न आफैंले अग्रसरता लिए पनि। फागुन २५ मा विज्ञप्ति नै जारी गर्दै उनले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरे।

ओलीलाई सम्मानपूर्वक राजीनामा गराउने नभए जबरजस्ती बहिर्गमन गराउने रणनीतिअनुसार पौडेलको नेतृत्वमा अन्य थुप्रै नेताहरूले आन्तरिक छलफल थालेको समाचारहरू बाहिरिएका थिए। पौडेलले एमालेको बागडोर आफैंले लिने तयारीसहित उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङसहित ११औं महाधिवेशनमा अध्यक्षमा पराजित नेता ईश्वर पोखरेलसँग आन्तरिक छलफल गएका थिए।

यसका लागि पौडेललाई पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि साथ दिएकी थिइन्। आफूलाई ओलीले पार्टी सदस्यता नवीकरण नगरेर अपमानजनक रूपमा पार्टीमा बन्देज लगाएको बताउँदै आएकी भण्डारीले निर्वाचन परिमाणपछि एक टेलिभिजन अन्तर्वार्तामा हारको परिमाण ओलीले व्यहोर्नुपर्ने अनि नैतिक जिम्मेवार पनि ओली नै हुनुपर्ने भनेकी थिइन्।

यही आडमा टेकेर उपाधक्ष्य पौडेलले नेतृत्व फेर्नुपर्ने बहस चलाए। उनले नेताहरूसँग ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेकोमा आत्मालोचना समेत गरेका थिए। किनकी गत महाधिवशेनमा अन्तिमसम्म तटस्थ रहेका र अन्तिममा संस्थापनतर्फ खुलेका नेताहरूको साथ पनि उनलाई थियो। त्यसमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापालगायत थिए।

त्यसो त भण्डारीले २०८२ असार १५ मा सक्रिय राजनीतिमा आउने औपचारिक घोषणा गरेकी थिइन्। यद्यपी ओलीले उनको सदस्यता नवीकरण नगरेपछि उनी सक्रिय राजनीतिमा फर्किन सकिनन्। आफू माझ किराँतकी छोरी भएको भन्दै एमालेको सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने जिकिर गरिरहिन्।

एक टेलिभिजन अन्तर्वार्तामा उनले ’म एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा आएको हुँ’ भनेकी थिइन्। अहिले फेरि पार्टीभित्र नयाँ नेतृत्व खोजी भइरहेका बेला भण्डारीले सक्रियता देखाएकी छन्। उनकै आडमा जनसंगठनका केही अगुवा नेता–कार्यकर्ताले विशेष महाधिवेशनको बहस चलाउन थालेका छन्।

एमाले विधानको धारा ७३ मा प्रदत्त अधिकार उपयोग गर्दै उनीहरू विशेष महाधिवेशन बोलाउन राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर जुटाउन लागेका छन्। जबकि एमालेले चुनाव सकिएको ४५ दिनसम्म समीक्षा समेत गरेको छैन। यसबीचमा ओली अ‍ोली जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि पार्टीका नियमित काम अवरूद्ध भए।

पार्टीभित्र ओलीलाई पदमुक्त गराउन लागेका नेताहरू पनि ओलीलाई छुटाउनको लागि सडक अनि सदनमा केही दिन देखिए । तर आशातित रुपमा कार्यकर्ता सडकमा नआएपछि उनीहरुले कार्यक्रमको रणनीति फेरबदल गरे । चैत१६ मा ओलीलाई भेट्न विद्या महाराजगंज अस्पताल पुगिन् ।

त्यसबेला ओलीलाई ज्यान मुद्दामा पक्राउ गरेर अस्पताल पुर्याइएको थियो। फेरि गत आइतबारबिरामी परेर त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीलाई भेट्न भण्डारी गएकी थिइन्। त्यहाँ भण्डारीले झन्डै साढे दुई घन्टा बिताएकी थिइन्। त्यसक्रममा अध्यक्ष ओलीबाट नेतृत्व छाड्ने कुनै संकेत नपाएको भण्डारीले बिफ्रिङ गरेको नेताहरूको दाबी छ।

भण्डारी निकट एक नेताका अनुसार यथास्थितिबाट एमालेको संकट हल नहुने भएकाले पार्टी पुनर्गठनको प्रस्ताव त्यो भेटमा राखिएको थियो। ‘केपी ओलीको नेतृत्वमा एमाले अब पुनजागृत हुन सक्दैन। पुनर्गठन नै अहिलेको विकल्प हो। यही कुरा केपी ओलीसँग राख्नुभयो। तर ओलीले नेतृत्व छोड्ने कुनै संकेत गर्नुभएन। बाह्य कारणले चुनाव हारेको भनेर उल्टै पढाउने गर्नुभयो,’ ती नेताले भने।

Advertisement

त्यसबाहेक एमालेका युवा, विद्यार्थी, पार्टीकै केन्द्रीय नेतासँग पनि नियमित छलफल, भेटघाट गरिरहेकी छन्। पार्टीभित्र गुम्सिँदै गएको निराशा र हतासासमेत बुझिरहेकी छन्। ओलीलाई तीनपटक भेटेर पार्टी पुनर्गठनको प्रस्ताव राखिसकेकी पूर्वराष्ट्रपति भण्डारीले एमालेका नेताहरुसँगको भेटलाई पनि सघन बनाएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले बताए।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

सम्बन्धित खबरहरु

Scroll to Top