साउदीले अमेरिकालाई धोका दिदैछ? प्रिंस सलमानको इरानसंगको बढ्दो मित्रताको अर्थ के ?

३२ असार , काठमाण्डौ ।

अमेरिका र इरानबीचको तनाव चरमविन्दुमा पुगेको छ । अहिले पनि दुवै देशले एकअर्काको सैन्य ठेगानाहरुमा आक्रमण गरिरहेका छन् । यसका कारण सिंगो मध्यपूर्वमा युद्धको जस्तै अवस्था बनेको छ । युएई, बहराइन, जोर्डन लगायतका देशहरुमा इरानी मिसाइलहरुले या त टार्गेटलाई हिट गरिरहेका छन् या तीनलाई हावामा नै निस्क्रिय पार्ने क्रम जारी छ ।

तर यो क्षेत्रको सबैभन्दा महत्वपूर्ण देश भने यो तनावबाट अहिले गायबजस्तै देखिएको छ । यो देश जति अमेरिकाको निकट छ, उति नै इरानको नजिक पनि देखिएको छ । र यो देशको नाम हो साउदी अरब । यो वर्ष फेव्रुअरीमा शुरू भएको मध्य पूर्व संघर्षका क्रममा इरानले यदी कुनै खाडीको देशमा सबैभन्दा कम हमला गरेको छ, जहाँ अमेरिकी सैन्य ठेगाना छ, त्यो देश साउदी नै हो ।

Advertisement

इरानले बरु आफ्नो साखे मित्र ओमानमाथि पनि हमला गरेको छ, तर साउदी अरबलाई लिएर उ मौन छ । केही दिनअघिमात्रै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको अंतिम संस्कारका बेला प्रायजसो खाडी देशहरुले इरानसंग दूरी कायम गरेका थिए । तर साउदी अरबले खामेनेईको अंतिम संस्कारमा जम्बो प्रतिनिधिमंडल तेहरानमा पठाएको थियो ।

अहिले इरानले फेरि एक पटक खाडी देशहरुमा हमला तीव्र पार्दा अहिले पनि साउदी अरबका विदेश मंत्री प्रिंस फैसल बिन फरहान र इरानका विदेश मंत्री अब्बास अरघची नियमित रूपमा आपसमा छलफल गरिरहेका छन् । यस्तोमा के साउदी अरब इरानतर्फ अलि बढी ढल्केको त होइन भन्ने संकेत मिलेको छ ।

Advertisement

जबकी २८ फेव्रुअरीमा इजरायल र अमेरिकाले इरानविरुद्ध हमला शुरू गर्दा साउदी अरबबाट आजको भन्दा ठिक उल्टो खबरहरु आइरहेका थिए । सो बेला कयौं मिडिया रिपोर्टहरुमा साउदी अरब पनि इरानविरुद्धको युद्धमा सहभागी हुन तयार रहेको भन्ने दाबीहरु गरिएका थिए ।

र यहाँसम्म कि इरानमा यो समयमा हमला गर्नका लागि साउदी प्रिन्सले नै ट्रम्पलाई कन्भिन्स गरेको वा एक किसिमले दबाव दिएको भन्ने कुराहरु पनि आएका थिए । तर यी दाबीहरुलाई आशंकाका साथ पनि हेरिएको थियो, किनभने दुई वर्षअघिमात्रै साउदी अरब र इरानले चीनको मध्यस्थतामा शांति सम्झौता गरेका थिए, जसले दुवै देशकाबीच कुटनीतिक सम्बन्ध पुनः बहाल भएको थियो ।

र केही उच्चस्तरीय भ्रमणहरु पनि भएका थिए । यद्यपि सुरुका दिनमा इरानले साउदीमा रहेको अमेरिकी बेसमा पनि आक्रमण गरेको थियो । तर प्राय सबैजसो इरानी मिसाइलहरु इन्टरसेप्ट गरिएका थिए । विगत हेर्दा साउदी अरबले लामो समयदेखि इरानको सैन्य शक्तिलाई आफ्नो सुरक्षाको विरुद्ध ठान्दै आएको थियो ।

उसलाई पनि इरानको परमाणु कार्यक्रमहरुबाट त्यति नै भय छ, जति इजरायललाई छ । साउदी अरब पनि इरानको परमाणु हतियारलाई आफ्नो अस्तित्वको खतराका रुपमा नै हेर्ने गरेको छ । तर प्रिंस मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा रियादको विदेश नीतिमा ठूलो परिवर्तन आएको छ ।

हिजोसम्म जुन इरान साउदी अरबको सबैभन्दा ठूलो शत्रु थियो, आज सो नै मित्र बनेको छ । यसको एउटा उदाहरण हो, जब अमेरिकाले होर्मुज जलमार्ग पुनः खोल्नका लागि प्रोजेक्ट फ्रीडम शुरू गरेको थियो, सो बेला साउदी अरबले यसमा सामेल हुन अस्वीकार गरेको थियो ।

साउदी अरबको अस्वीकारका कारण नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले यो प्रोजेक्ट फ्रीडम शुरू गर्नु पहिला नै बन्द गर्नु परेको थियो । यसपछि अमेरिकाले साउदी अरबबाट ठूलो मात्रामा आफ्नो रक्षा उपकरणहरु हटाकर रोष पनि प्रकट गरेको थियो, तर रियादमाथि त्यसको खासै प्रभाव परेन ।

साउदी अरबले स्वयंलाई एक यस्तो खाडी देशका रूपमा प्रतिष्ठित गर्ने प्रयास गरिरहेको छ, जसको इरानका साथ राम्रो सम्बन्ध छ र उ यो युद्धमा पूर्णरुपमा तटस्थ रहेको पनि देखाउन चाहान्छ । उता इरानले केही गरी भविष्यमा परमाणु हतियार विकसित गरिहाल्यो भने त्यसका लागि काउन्टरमा साउदीले परमाणु हतियार भएको पाकिस्तानसंग सैन्य सम्झौता गरिसकेको छ ।

कुनै एक देशमा हमला भएको खण्डनमा अर्कोमा पनि स्वत भएको मानिने छ, र एकअर्कालाई सैन्य सहयोग गरिने छ । तर यसैबीच साउदी इरानतर्फ ढल्किएको देखिरहँदा उसले अमेरिकासंग पनि ठूलो हतियार सम्झौता गरेको छ । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नेटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ । स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ ।

अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पु¥याउँछ । यस सम्झौताको प्रमुख ठेकेदार न्युजर्सीस्थित बीएई सिस्टम्स रहने विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरेबियाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने क्षमता बढाउनुका साथै अमेरिकी सेना तथा अन्य क्षेत्रीय र नेटो साझेदार सेनासँगको अन्तरक्रियात्मक क्षमता पनि सुदृढ बनाउनेछ ।

मन्त्रालयले यस सम्झौताले अमेरिकी रक्षा तयारीमा कुनै नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ । यो निर्णय साउदी अरेबिया र यमनका इरान समर्थित हुथी विद्रोहीबीच तनाव पुनः चुलिएका बेला सार्वजनिक भएको हो । सोमबार हुथीहरूले दक्षिणी साउदी सहर आभाको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेका थिए ।

यमन सरकारले इरानी सर्वोच्च नेताको अन्त्येष्टिबाट हुथी प्रतिनिधिमण्डल बोकेर फर्किरहेको विमानलाई मोड्न सानो विमानस्थलमा आक्रमण गरेपछि उक्त क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । हुथीहरूले भने त्यस आक्रमणको जिम्मेवारी रियादमाथि लगाएका छन् ।

यसैबीच, युद्धविराम भङ्ग भई नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि अमेरिकाले इरानमाथिको सैन्य दबाबसमेत थप तीव्र बनाइरहेको सन्दर्भमा साउदीलाई गरिएको यो हतियार बिक्रीलाई क्षेत्रीय सुरक्षा रणनीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यसैबीच अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले मध्यपूर्वका रणनीतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएको छ । इरानको खातम अल–अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फाघरीले अमेरिका र इरानको पूर्वाधारमाथि आक्रमण गरे मध्यपूर्वभरिका महत्वपूर्ण रणनीतिक संरचनालाई निशाना बनाइने चेतावनी दिएका हुन् ।

सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा जोल्फाघरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धम्की कार्यान्वयन गरे इरानी सशस्त्र बलले यस्तो जवाफी कारबाही गर्ने दाबी गरे, जसले मध्यपूर्वका रणनीतिक पूर्वाधारको नामोनिसान मेटिनेछ ।

यसैबीच, अमेरिकाले उत्तरी इरानको सेमनान सहरमा एक साताभित्र दोस्रो पटक आक्रमण गरेको इरानी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार आक्रमणमा सेमनानको नागरिक विमानस्थलको मुख्य भवन र एउटा भण्डारण सुविधा लक्षित गरिएको थियो । आक्रमणबाट विमानस्थलमा सामान्य क्षति पुगेको जनाइएको छ ।

स्टोरेज सुविधामा के राखिएको थियो भन्ने खुलाइएको छैन भने घटनामा मानवीय क्षति भएको वा नभएकोबारे पनि तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन । यता अमेरिकी सेनाले इरानको बन्दरगाहतर्फ गइरहेको कुरासाओको झण्डा बोकेको एम÷टी बेल्मा नामक तेल ट्यांकरलाई मिसाइल प्रहार गरी रोकेको दाबी गरेको छ ।

सेन्टकमका अनुसार जहाजलाई पटकपटक चेतावनी दिँदा पनि मार्ग परिवर्तन नगरेपछि अमेरिकी युद्धविमानले जहाजको स्मोकस्ट्याकमा मिसाइल प्रहार गरी निष्क्रिय बनाएको थियो । सेन्टकमले यो कारबाही इरानविरुद्ध लागू गरिएको अमेरिकी नौसैनिक नाकाबन्दीअन्तर्गत गरिएको जनाएको छ ।

यता इरानी सेनाले ‘अपरेशन थन्डरबोल्ट’को दशौँ चरणअन्तर्गत कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको दाबी गरेको छ । इरानी सेनाका अनुसार कुवेतस्थित अली अल–सलेम एयर बेसमा रहेको राडार प्रणाली, प्याट्रियट एयर डिफेन्स सिस्टम तथा इन्धन भण्डारण केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो ।

यद्यपि, यी दाबीबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । यसबारे आफ्ना धारणा अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top