×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

७ बैशाख २०८३

७ वैशाख , काठमाण्डौ।

अमेरिका र इरानबीच पाकिस्तानमा दोस्रो चरणको निर्णायक वार्ता हुने तय भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने जानकारी दिर्एका छन् । युद्धविरामको समय सकिदै गर्दा तनाव बढिरहेका बेला शान्ति वार्ता तय भएको हो ।

Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्।

सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडि भने, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले विगत ४७ वर्षदेखि गरेका थिएनन्, त्यो गर्नु मेरो सम्मानको कुरा हुनेछ । सबै ती इरानी पुल चाँडै भत्किनेछन् ।”

ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने बताएका छन्। यो केवल सुरक्षाका कारण हो,” राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँग भने, “इस्लामिक गणतन्त्रसँग सम्झौता गर्न सक्ने क्षमताको चिन्ताका कारण भान्सलाई इस्लामावाद यात्राबाट हटाइएको भन्ने कुनै पनि धारणा सही होइन ।”

“जेडी भान्स महान् (सक्षम) हुनुहुन्छ,” ट्रम्पले थपे । यसअघि संयुक्त राष्ट्रसङ्घका लागि वाशिङ्टनका दूत माइक वाल्ट्जले एबीसी न्यूजको ‘दिस विक’ कार्यक्रममा भनेका थिए,“राष्ट्रपतिले घोषणा गरेजस्तै हाम्रा मुख्य वार्ताकारहरू र उपराष्ट्रपति अर्को चरणको वार्ताका लागि पाकिस्तान यात्रामा जान लाग्नुभएको छ।”

अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सीएनएनको ‘स्टेट अफ द युनियन’ सँग भने, “भान्सले सुरुदेखि नै वार्ताको नेतृत्व गरिरहनुभएको थियो र यस पटक पनि सम्भवतः उहाँ नै जानुहुनेछ।” सोमबारदेखि सुरु हुने भनिएको वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुश्नर अप्रिल ११ मा भएको लामो वार्तामा पाकिस्तान पुगेका थिए । त्यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा इरानले दुई हप्ताको युद्धविरामको पूर्ण उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै सम्झौता नभए इरानका पावर प्लान्ट र पुलहरू नष्ट गर्ने चेतावनी दिएका थिए ।

ट्रम्पले आफूले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरेको बताउँदै भनेका थिए, “यदि तेहरानले अस्वीकार गरेमा ‘अमेरिकाले इरानका सबै पावर प्लान्ट र हरेक पुल ध्वस्त पार्नेछ । अब कुनै राम्रो विकल्प छैन!” वाल्ट्जले नयाँ चरणको वार्ताले “अविश्वसनीय परिणाम“ निम्त्याउँछ भन्ने विश्वास व्यक्त गरे।

इरान र अमेरिकाबिच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो । यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ।

अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो। बेलायतको सामुद्रिक सुरक्षा निकायले शनिबार इरानको रिभोलुसनरी गाड्र्सले एउटा ट्याङ्करमाथि गोली चलाएको जनाएको छ भने सुरक्षा गुप्तचर संस्था भ्यानगार्ड टेकले खाडीबाट भागिरहेको एउटा खाली क्रुज जहाजलाई ‘नष्ट’ गर्ने चेतावनी दिएको जनाएको थियो ।

तेस्रो घटनामा, बेलायतको एक निकायले भनेको थियो, “आफूले एक जहाजलाई ‘अज्ञात प्रोजेक्टाइल’ द्वारा आक्रमण भएको रिपोर्ट प्राप्त गरेको थियो । आक्रमणबाट ढुवानी कन्टेनरमा क्षति पुगेको तर आगो नलागेको रिपोर्टमा उल्लेख छ।” यता शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पाकिस्तानी अधिकारीहरूले यसअघि इस्लामाबाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबिच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।

सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् । “नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा पोस्ट गरे ।

उता खाडी क्षेत्रमा जारी तनावका बिच अमेरिकी नौसेनाले एक इरानी मालवाहक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत टुस्का नामको उक्त जहाजलाई अमेरिकी जल नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा कब्जा गरिएको पुष्टि गरेका हुन्।

रोकिने चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी युद्धपोतले उक्त जहाजको इन्जिन रुममै प्रहार गरेर त्यसलाई बिच समुन्द्रमै रोकेको ट्रम्पको दाबी छ। करिब ९०० फिट लामो र एउटा विमानवाहक जहाज जत्तिकै तौल भएको भनिएको टुस्का इरानी झण्डावाहक जहाज हो।

यो जहाज पहिलेदेखि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेको र अवैध गतिविधिमा संलग्न रहेको भन्दै ट्रम्पले अहिले जहाज पूर्ण रूपमा अमेरिकाको नियन्त्रणमा रहेको र त्यसमा के छ भन्नेबारे खानतलासी भइरहेको बताएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले सार्वजनिक गरेको भिडियोमा पनि एउटा युद्धपोतबाट मालवाहक जहाजलाई ताकेर गोली प्रहार गरिएको दृश्य देखिन्छ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको हमलाबाट सुरु भएको यो द्वन्द्व अहिले निकै खतरनाक मोडमा पुगेको छ। राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म जल नाकाबन्दी जारी रहने अडान दोहो¥याएका छन्। इरानले पनि प्रतिउत्तरमा विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने रणनीतिक स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द गरिदिएको छ।

Advertisement
Advertisement

यसले गर्दा विश्वबजारमा ऊर्जाको मूल्यमा भारी वृद्धि भएको छ। पछिल्लो समय पाकिस्तानले दुवै देशबिच मध्यस्थताको प्रयास गरिरहेको भए पनि इरानले अमेरिकाको धम्कीपूर्ण भाषा र अत्यधिक मागका कारण वार्ता अघि बढ्न नसकेको बताएको छ। बुधबार युद्धविरामको समय सकिन लागेको अवस्थामा टम्पले इस्लामाबादमा वार्ता टोली जाने घोषणा गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top