×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

८ बैशाख २०८३

८ वैशाख ,काठमाण्डौ।

गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन् । गृहमन्त्रीले पछिल्लो समय भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाएको अभियानलाई लिएर फैलाइएका हल्ला र मिडिया ट्रायलप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

Advertisement
Advertisement

उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिनाले जम्मा भएको रकममा आँखा गाड्नेहरू अहिले त्रसित भएको बताएका हुन् । सामाजिक सञ्जालमा धारणा राख्दै गृहमन्त्री गुरुङले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले डराएर विभिन्न हल्ला र मिडिया ट्रायलमा लागेको आरोप लगाएका छन् ।

गृहमन्त्रीका अनुसार यस्ता समूहहरू कारबाहीबाट बच्न विभिन्न प्रायोजित हल्ला फैलाउने र मिडियामार्फत् भ्रम सिर्जना गर्ने प्रयासमा लागेका छन्। ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त उनीहरूको छटपटी मात्र हो’, उनले लेखेका छन्, ‘तर सरकारको कारबाही न रोकिन्छ, न त डगमगाउँछ ।’

उनले दिनहुँ ठूलो मात्रामा भ्रष्टाचार गर्नेहरूमाथि कडा निगरानी र अनुसन्धान भइरहेको पनि उल्लेख गरेका छन् । ‘दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरूको विरुद्धमा पनि हामी दृढताका साथ अघि बढिरहेका छौँ’, गृहमन्त्रीले दाबी गरेका छन् । सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर कानुनी दायराभित्र रहेर कडा कदम चालिरहेको उनको भनाइ छ ।

उनले निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही हुने दोहो¥याउँदै कुनै पनि दबाब वा प्रभावमा नपरी काम गरिने स्पष्ट पारेका छन् । पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत दोस्रो स्पष्टीकरण दिएका हुन् ।

उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका छन् । गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ’वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्।मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।’

’दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,’ उनले थप लेखेका छन् । गृहमन्त्रीले दिनकै ५० करोडको भ्रष्टाचार हुने दाबी गरेपनि यसअघि भिजिट भिसामा विदेश जानेहरूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारी र गिरोहको सेटिङमा दैनिक लाखौँ रुपैयाँ असुली हुने गरेको तथ्य बाहिर आएको थियो ।

यस प्रकरणमा दैनिक औसतमा १०० जनालाई सेटिङमा प्रस्थान अनुमति दिँदा दैनिक ५० लाखसम्म भ्रष्टाचार हुने गरेको खबर बाहिरिएको थियो । जसमा भिजिट भिसामा खाडी देश जानेहरूसँग प्रतिव्यक्ति ५० हजारसम्म र युरोपियन देश जानेहरूसँग ३ लाख रुपैयाँसम्म घुस असुलिने गरेको दाबी गरिएको थियो ।

यो प्रक्ररणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि छानविनको माग गरिएको थियो । यसअघि गृहमन्त्री सुधन गुरुङले २५ लाख रुपैयाँको सेयरका विषयमा बाहिर आएका चर्चाबारे, उक्त विवरण आफ्नो सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको प्रष्टिकरण दिएका थिए ।

आफ्नो सम्पत्तिबारे विभिन्न सञ्चारमाध्यममा भइरहेका टीकाटिप्पणीप्रति ध्यानकर्षण भएको जनाउँदै मन्त्री गुरुङले थप जानकारीका लागि मन्त्रिपरिषद्को वेबसाइटमा रहेको विवरण हेर्न सकिने जानकारी दिएका छन्। मन्त्री गुरुङको सचिवालयले सार्वजनिक गरेको स्पष्टीकरणअनुसार, धितोपत्र बजारमा कारोबार हुने सेयरका साथै स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी समेत सोही विवरणभित्र समेटिएको छ।

सचिवालयले भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, दुई करोडभन्दा बढी लगानी रहेको विषय सम्पत्ति विवरणमै प्रष्ट पारिएको छ।“ यसैबीच, मन्त्री हुनुअघि नै सेयर किनिएको विषयलाई लिएर बाहिर बनाइएको नकारात्मक धारणाप्रति मन्त्री गुरुङले असहमति जनाएका छन्।

उनले वैधानिक रूपमा सेयरमा लगानी गर्नु कुनै अपराध नभएको जिकिर गरे। उक्त कारोबार बैङ्किङ च्यानलमार्फत गरिएको र बैङ्कबाट गएको रकमको सबै हिसाब पारदर्शी र स्पष्ट रहेको समेत उनले बताएका छन्। चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले आफ्नो रफ्तार बढाएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए। पछि सर्वोच्च अदालतले ओली र लेखकलाई हाजिरी जमानीमा छोडेको छ । गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ उनले ओली र लेखकलाई पक्राउ गर्न आदेश दिए।

त्यसपछि उनले लगातार हाइप्रोफाइलहरू पक्राउको शृङ्खला सुरु गरे। पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे। हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत संख्या उल्लेख गर्दै ‘काउण्ट डाउन’ सुरु गरे।

यद्यपि ५ जना उच्च पदस्थ काठमाडौँ जिल्ला अदालत र सर्वोच्च अदालतको परमादेशपछि रिहा भइसकेका छन्। ओली, लेखकसहित लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा, पूर्वमन्त्री दीपक खड्का अदालतको आदेशले छुटे। जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेका काठमाडौँका पूर्व प्रजिअ छवि रिजाललाई अनुसन्धान अधिकृतहरूले जिम्मा जमानीमा रिहा गरे।

Advertisement
Advertisement

चैत २० मा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले बयान लिएर छाडे। अहिले दीपक भट्ट र सुलभ अग्रवाल भने प्रहरी हिरासतमै रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top