×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

१० बैशाख २०८३

१० वैशाख , काठमाण्डौ।

अमेरिका र इरानबीच भएका सैन्य आक्रमणहरूपछि फारसको खाडी र होर्मुज जलमार्गमा ठूलो परिमाणमा तेल चुहावट भएको दृश्य अन्तरिक्षबाट देखिएको छ । उपग्रहबाट लिइएका तस्बिरहरूमा इरानको केश्म टापु, लावान टापु र कुवेतको तटीय क्षेत्रनजिक समुद्रमा तेल फैलिएको स्पष्ट देखिने सीएनएनले जनाएको छ ।

Advertisement
Advertisement

यदि यस स्थितिमा तुरुन्तै नियन्त्रण नगरिए यो क्षेत्र समुद्री जैव विविधता, तटीय जनसंख्या र खानेपानी आपूर्तिका लागि ठूलो पर्यावरणीय संकटमा परिणत हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । सीएनएनका अनुसार, उपग्रह चित्रहरूले तेल सुविधाहरू र जहाजहरूमा भएका आक्रमणबाट भएको क्षतिलाई मात्र उजागर नगरी पर्सियन गल्फको नाजुक पारिस्थितिकी प्रणालीमाथि मडारिएको खतरालाई पनि सार्वजनिक गरेका छन् ।

यस क्षेत्रमा फैलिएको तेलले तटीय समुदायको जीविकोपार्जन, माछापालन र समुद्री पानीलाई पिउन योग्य बनाउने ‘डिस्यालिनेसन’ प्लान्टहरूलाई समेत प्रभावित गर्न सक्ने बताइएको छ । एक उपग्रह तस्बिरमा इरानको केश्म टापुनजिकै पाँच माइलभन्दा बढी क्षेत्रमा तेल फैलिएको देखिएको छ ।

शिदवर टापु फारसको खाडीमा अवस्थित एक कोरल टापु हो । यो कछुवा, समुद्री पक्षी र अन्य वन्यजन्तुहरूको लागि महत्त्वपूर्ण बासस्थान मानिन्छ । विज्ञहरूका अनुसार, तेल चुहावट यस्ता संरक्षित क्षेत्रमा पुग्दा समुद्री जीवहरूको प्रजनन, खाद्य श्रृंखला र सम्पूर्ण पारिस्थितिकी प्रणालीमा दीर्घकालीन असर पर्न सक्छ ।

गत अप्रिल ६ मा खिचिएका केही तस्बिरहरूमा कुवेतको तटनजिक पनि तेल फैलिएको देखिएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले सोही दिन खाडी देशका इन्धन र पेट्रोकेमिकल सुविधाहरूलाई निशाना बनाएको बताएको थियो ।

डच शान्ति संगठन ‘प्याक्स’का परियोजना प्रमुख विम ज्वाइनेनबर्गले चेतावनी दिँदै यो तेल चुहावटको असर विशेष गरी इरानको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूका लाखौँ मानिसहरूमा पर्न सक्ने भनेका छन् । यो तेल समुद्री कछुवा, डल्फिन र ह्वेल जस्ता जीवहरूका लागि गम्भीर खतरा हो । यी जीवहरूले कि त तेल निल्न सक्छन् वा त्यसमा फस्न सक्छन् ।

समुद्री जललाई शुद्ध गरी पिउन योग्य बनाउने प्लान्टहरूमा तेल पसेमा खानेपानीको ठूलो अभाव सिर्जना हुन सक्ने समाचारमा उल्लेख छ । सैन्य तनावले अब मानवीय मात्र नभई अपूरणीय पर्यावरणीय क्षतिको रूप लिइरहेको छ । होर्मुज जस्तो रणनीतिक जलमार्गमा फैलिएको यो तेलले सम्पूर्ण खाडी क्षेत्रको स्वास्थ्य र अर्थतन्त्रलाई जोखिममा पारेको बताइएको छ ।

यसैबीच अमेरिकाले स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरूङ (माइन) हटाउन ६ महिनासम्म लाग्न सक्ने अनुमान गरेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सांसदहरूलाई गोप्य ब्रिफिङका क्रममा इरानसँग युद्धपछि अवरूद्ध बनेको हर्मुजबाट बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने भनेर जानकारी दिएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस र अखबार द वासिङ्टन पोस्टले जनाएको छ ।

पेन्टागनका अधिकारीहरूले तल्लो सदनअन्तर्गतको हाउस आम्र्ड सर्भिसेस कमिटीलाई मंगलबार गोप्य ब्रिफिङ गरेका थिए । त्यस क्रममा इरानले होर्मुज क्षेत्रमा २० वा सोभन्दा बढी बारूदी सुरूङ बिच्छ्याएको हुनसक्ने र त्यसलाई हटाउन महिनौं लाग्न सक्ने जानकारी गराइएको थियो।

उक्त ब्रिफिङपछि सांसदहरूले युद्धको लागत, रणनीति र लक्ष्यबारे थप प्रश्न उठाएको एपीले जनाएको छ । ती बारूदी सुरूङहरू जीपीएस प्रविधिमार्फत टाढाबाट सञ्चालन गर्न मिल्ने खालका रहेको र यसले गर्दा पत्ता लगाउन अझै कठिन हुने उनीहरूले बताएका छन् ।

केही सुरूङ साना डुंगामार्फत समुद्रमा राखिएको हुनसक्ने द वासिङ्टन पोस्टले जनाएको छ । इस्लामावादमा पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा नौसेनाले इरानको वारूदी सुरूङ हटाइरहेको भनेर घोषणा गरेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत इरानले नै अमेरिकाको सहयोगमा सुरूङ हटाइरहेको दाबी गरेका थिए। तर पेन्टागनको पछिल्लो आकलनले यस्तो दाबीमाथि प्रश्न उठाएको छ । होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत तेल–ग्यास पैठारी हुने मुख्य मार्ग हो। यस्तो अवस्थामा सुरूङ हटाउन लामो समय लाग्ने भएपछि युद्ध समाप्त भए पनि यसको आर्थिक प्रभाव वर्षभरि वा सोभन्दा लामो समयसम्म रहने अनुमान गरिएको छ ।

युद्ध सुरू हुनु अघि अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन करिब २.९८ डलर रहेकोमा हाल बढेर ४.०२ डलर पुगेको छ । मूल्यवृद्धि तत्काल घट्ने सम्भावना कम रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि पेन्टागनले सार्वजनिक रूपमा भने बारूदी सुरूङ हटाउन कठिन नरहेको बताउँदै आएको छ।

तर गोप्य ब्रिफिङमा भने अधिकारीहरूले नै सांसदहरूलाई यस्तो जानकारी दिइएको पुष्टि गरेका छन् । यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले यस विषयमा सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको भनेर वासिङ्टनपोस्टले लेखेको छ । विश्लेषकहरूका अनुसार सुरूङको जोखिम रहिरहेसम्म जहाज सञ्चालक, बीमा कम्पनी र चालकदल हर्मुजमार्ग प्रयोग गर्न हिच्किचाउनेछन् ।

जसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्ति शृंखलामा दीर्घकालीन असर पार्ने देखिएको छ । हाल इरानले हर्मुज बन्द गरेको घोषणा गर्दै केही जहाजमाथि आक्रमणसमेत गरेको छ, जसका कारण समुद्री आवतजावत पुनः ठप्पजस्तै बनेको छ । इरानका मुख्य वार्ताकार मोहम्मद बागेर घालिबाफले बुधबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै तत्काल स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावनालाई नकारेका हुन् ।

अमेरिका र इजरायलले युद्धविरामको ‘धज्जी उडाएको’ आरोप लगाउँदै उनले अहिलेको परिस्थितिमा मार्ग खोल्न सम्भव नभएको स्पष्ट पारेका छन् । घालिबाफका अनुसार अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा गरेको नाकाबन्दीले विश्व अर्थतन्त्रलाई नै बन्धक बनाएको छ भने इजरायलले सबै मोर्चामा युद्धको वातावरण सिर्जना गरिरहेको छ ।

यस संवेदनशील मोडमा इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरान अझै पनि वार्ताका लागि तयार रहेको संकेत त दिएका छन्, तर उनले प्रतिबद्धताको उल्लङ्घन, नाकाबन्दी र धम्की नै वार्ताका मुख्य बाधक रहेको बताएका छन् । यसै हप्ता पाकिस्तानमा हुने भनिएको नयाँ शान्ति वार्ताको टुङ्गो अझै लाग्न सकेको छैन ।

वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै अमेरिकामै रहेकाले वार्ताको भविष्य अन्योलमा परेको देखिन्छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त भएको अमेरिका–इरान युद्धविरामको अवधि बढाउने घोषणा गरेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको यो निर्णयको कुनै समयसीमा नरहेको र यो ‘ओपन–इन्डेड’ भएको स्पष्ट पारेकी छिन् । ट्रम्प इरान विरुद्धको नौसैनिक नाकाबन्दीबाट सन्तुष्ट रहेको र इरान अहिले निकै कमजोर अवस्थामा पुगेको ह्वाइट हाउसको बुझाइ छ ।

प्रेस सचिव लेभिटले अहिले सबै निर्णायक शक्ति ट्रम्पकै हातमा रहेको र अमेरिकी हित अनुकूल हुने देखिएपछि मात्र युद्ध अन्त्यको निर्णय लिइने दाबी गरेकी छिन् । स्ट्रेट अफ होर्मुजमा जारी खिचातानीका बिच इरानले दुईवटा मालवाहक जहाज नियन्त्रणमा लिएको घोषणा गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ ।

बुधबार बिहान इरानले ‘अनुगमन’ का लागि भन्दै एमएससी फ्रान्सेस्का र एपामिनोन्डास नामक दुई जहाज कब्जामा लिएको हो। यी दुवै जहाजमा आक्रमणबाट क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ । अर्कोतर्फ, यूनाइटेड अरब इमिरेट्सको स्वामित्वमा रहेको ‘युफोरिया’ नामक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको थियो, जुन अहिले सुरक्षित स्थानमा लंगर हालेर बसेको छ।

Advertisement
Advertisement

भ्यानगार्ड नामक सामुद्रिक सुरक्षा फर्मका अनुसार युफोरियामाथि इरान नजिकै आक्रमण भए पनि त्यसमा मानवीय वा भौतिक क्षति भने भएको छैन ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top