×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

१२ बैशाख २०८३

१२ वैशाख , काठमाण्र्डाै ।

म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त । आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ’हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुइँ नछोडौँ न है ।

Advertisement
Advertisement

यो सरकार संचालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सामाजिक संजालमा लेखेको स्टाट हो । उनले आफ्नै पार्टीका सांसदले माननीयको मान नगरेको भन्दै विद्यालय हाता भित्रै प्रधानाध्यापकलाई गाली गरेको विषयलाई लक्षित गर्दै माननीयको भूमिका सम्झाएका छन् ।

ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका प्रतिनिधि सभाका सदस्य विश्वराज पोखरेलले आफू आउँदा स्वागत नगरेर बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई सार्वजानिक स्थानमै गाली गरेका छन् । सांसद पोखरेलले आफू विद्यालय हाता भित्र आएको बेला स्वागत सम्मान नगरेको भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्यालय खिजीदेम्बा २ रगनीका प्रधानध्यापक सन्तोष मगरलाई विद्यालय हाता भित्रै गाली गरेका हुन ।

सांसद पोखरेलले आफू आउँदा स्वागत गर्न आउनु पर्ने भन्दै प्र. अ. मगरलाई गाली गरेका थिए । सांसद पोखरेलले आफू माननीय मात्रै नभएर देशको पूर्व विशिष्ट कर्मचारी समेत भएको र अहिले पनि नेपाल सरकारले ५० हजारको तलब दिने गरेकाले आफूलाई सम्मान गर्नु पर्नेमा आफूलाई स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन् ।

आफूलाई बेवास्ता गरिएको भन्दै सांसद पोखरेलले विद्यालयको तर्फबाट प्रधानध्यापक मगरले बुजाउन खोजेको ज्ञापन पत्र समेत केही बेर लिन मानेन । विद्यालयले माननीय आउँदा बेवास्ता गरेको भनेर खेद प्रस्ताव पारित गरे पछि मात्रै आफूले ज्ञापन पत्र बुझ्ने भन्दै ज्ञापन पत्र लिन अस्वीकार गरेका थिए ।

पछि आफूले माफी मागेपछि सांसद पोखरेलले ज्ञापन पत्र लिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरले बताएका छन् । सांसद पोखरेल आउने थाहा पाएपछि भौतिक संरचना निर्माणको मागसहित ज्ञापन पत्र बुझाउनका लागी आफू ज्ञापन पत्र तयार गर्न लागेकाले माननीय प्रवेशको क्रममा आफूले स्वागत गर्न नपाएको प्रअ मगरले बताएका छन् ।

पोखरेल प्रधानाध्यापकसंग सार्वजनिक रूपमा रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भाइरल भिडियोमा सांसद पोखरेलले आफू विद्यालय प्रवेश गर्दा स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन्। उनले आफू माननीयु मात्र नभई राज्यको पूर्व विशिष्ट कर्मचारी पूर्व एआईजी समेत रहेको भन्दै आफ्नो पद अनुसारको सम्मान नपाएकोमा प्रअ मगरलाई हप्काएका छन्।

“अहिले त म माननीय हुँ, तपाईंजस्तो हेडमास्टर त मैले देशभरिका कति चलाएको छु।” भिडियोमा उनले भनेका छन् । विद्यालयको भौतिक सुधारका लागि ज्ञापनपत्र बुझाउन खोज्दा सांसद पोखरेलले झर्किएर पत्र केहीबेर लिन अस्वीकार गरे ।

माननीयज्यूका लागि पत्र तयार पार्दापार्दै उहाँ प्रवेश गर्नुभएछ, स्वागतमा निस्कन केही मिनेट ढिला हुँदा दुख मान्नुभयो, प्रअ मगरले बताए। भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सांसद पोखरेलको व्यवहारलाई अहङ्कारको पराकाष्ठा भनेका छन्।

सांसद पोखरेलले यही फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतको झिनो अन्तरले पराजित गरेका थिए । पोखरेल मतदाताहरूलाई धन्यवाद दिँदै यही बिहीबार खिजीदेम्बा २ रगनी पुगेका थिए ।

५ मतको झिनो अन्तरले चुनाव जितेका जनप्रतिनिधिले जनता र राष्ट्रसेवक कर्मचारीलाई गर्ने यस्तो व्यवहारले नयाँ राजनीतिक संस्कारको उपहास गरेको भन्दै यतिबेला उनको आलोचना सुरु भएको छ। प्रतिनिधिसभा सदस्य माहवीर पुनले विश्वासलाई कि माफी माग्न कि फिर्ता बोलाउन माग गरेका छन् ।

Advertisement

विश्वराजले थर्काएको समाचारसहित महावीरले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा दलका नेता बालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक संजालमा लेखेका छन्, यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ बर्ष सम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु परÞ्यो कि त सारा जनताले फिर्ता बोलाउनु परÞ्यो । सासंद पदको बेईजत नै गरÞ्यो त ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top