×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

आज विश्व निमोनिया दिवस, स्वस्थ्य जीवनशैली नै निमोनियाबाट बच्ने उपाय

२७ कार्तिक २०७७

२७ कात्तिक, काठमाडौँ ।
आज १२ नोभेम्बर अर्थात वल्र्ड निमोनिया डे । विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाइदै छ । विश्व निमोनिया दिवस मनाउनुको मुख्य उद्देश्य भनेको निमोनिया रोगप्रति सजक रहनु हो ।

निमोनिया नवजात, साना बालबालिका, ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई र कमजोर प्रतिरोधी क्षमता भएका वा पहिले नै कुनै रोगसँग जुधिरहेका व्यक्तिलाई सजिलै लाग्छ । यदि समय हुँदा नै बिरामीको उपचार नगरे यसले ज्यान पनि लिनसक्छ । निमोनियाका लक्षण हल्कादेखि गम्भीरसम्म हुनसक्छ । कुन व्यक्तिको उमेर कति छ, उसको शरीरमा संक्रमण कति भित्रसम्म प्रवेश गरेको छ, यसैको आधारमा लक्षण निर्भर हुन्छ । सामान्यतया यो लक्षण फ्लूजस्तै हुन्छ तर यो शरीरमा निकै लामो समय रहन्छ । ब्याक्टेरिया, भाइरस र विभिन्न प्रकारका सूक्ष्मजीव निमोनियाको कारण बन्न सक्छ ।

फोक्सो संक्रमित भएको अवस्थालाई निमोनिया भनिन्छ । निमोनिया हुँदा वायुकोषमा तरल पदार्थ वा पिप भरिन्छ जसका कारण खोकी लाग्ने, ज्वरो आउने, चिसो लाग्ने र सास फेर्न समस्या हुनेजस्ता समस्या देखिन्छ । निमोनिया हुँदा सास फेर्दा वा खोक्दा छाती दुख्छ । खकारसहित खोकी, थकान, ज्वरो, पसिना र चिसो लाग्नु, यी सबै निमोनियाका लक्षण हुन् । यसमा कमजोर प्रतिरोधी क्षमता भएकाहरुले शरीरको तापक्रम सामान्यभन्दा कम हुन थाल्छ । यसका साथै बिरामीलाई बान्ता हुने वा सास फेर्न कठिनाई हुनेजस्ता लक्षण पनि देखिन्छन् । निमोनियाको ब्याक्टेरिया जब रगतमार्फत् फोक्सोमा पुग्छ, यसले शरीरका अन्य अंगलाई पनि संक्रमित गरिदिन्छ । नवजात शिशुमा निमोनियाको संक्रमणको लक्षण चाँडै देखिँदैन । साधारणतया बच्चालाई निमोनिया हुँदा उसलाई थकाई लागेको देख्न सकिन्छ भने ज्वरो पनि आउँछ । साथै, बालबालिकाले खान मन गर्दैनन् । ६५ वर्ष माथि उमेर समूह, २ वर्षभन्दा कमका बालबालिका, पहिला देखि नै रोगी र कमजोर प्रतिरोधी प्रणाली भएका व्यक्तिहरु, मुटु र फोक्सोका बिरामीलाई निमोनियाको खतरा सबैभन्दा धेरै हुन्छ । यद्यपी निमोनियाले जो सुकैलाई पनि संक्रमित गर्नसक्छ ।

धुम्रपान गर्नेहरुमा पनि निमोनियाको खतरा बढी हुन्छ । धुम्रपानले शरीरको ब्याक्टेरिया वा भाइरसविरुद्ध प्राकृतिक सुरक्षालाई क्षति पुर्याउँछ जसका कारण निमोनिया हुने गर्छ । एड्सका विरामीहरु, अंग प्रत्यारोपण गरेका वा जसको किमोथेरापी चलिरहेको छ, उनीहरुमा पनि निमोनियाको खतरा बढ्छ । यदि सास फेर्न समस्या भइरहेको छ, छाती दुख्छ, ज्वरो १०२ फरेनहाइटभन्दा माथि छ, लगातार खोकी लागिरहन्छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुपर्छ । सामान्य अवस्थामा यसलाई एन्टिबोयोटिक औषधीले निको पार्न सकिन्छ तर गम्भीर स्थितीमा बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने स्थिती हुनसक्छ । र कहिलेकाँही संक्रमणबाट बाहिर निस्कनका लागि शल्यक्रिया पनि गर्नुपर्ने स्थिती निम्तिन सक्छ । त्यसैले यसका लक्षण देखिनासाथ चिकित्सहरुसंग सम्पर्क गरिहाल्नु पर्छ ।

निमोनिया र फ्लूबाट बच्नका लागि केही भ्याक्सिन उपलब्ध छन् । तर विरामी भएर उपचार गर्नुभन्दा विरामी हुनै नदिनु उत्तम विकल्प हो । त्यसैले निमोनियाबाट बच्न विशेषगरी बालबालिकालाई निमोनियाको खोप लगाउनु पर्छ । सर–सफाईमा ध्यान दिने, हात बारम्बार साबुनपानी धुने वा स्यानिटाइजरको प्रयोग गर्नाले पनि यस्ता संक्रमण गर्ने भाइरसहरु मर्न वा आफ्नो शरीरबाट टाढा जान सक्छ । त्यस्तै फोक्सोलाई खराब असर गर्ने धुम्रपान नगर्ने, रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने उपायहरु जस्तै स्वस्थ शरीरका लागि आवस्यक पर्ने जति मज्जाले निदाउँने, नियमित व्यायाम, स्वस्थ आहार, तनाव सकेसम्म नलिने गरी जीवनचर्या बिताउँने हो भने निमोनियामात्र होइन अन्य संक्रमणबाट पनि बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top