अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

३ जेठ ७५, शुक्रबार

काठमाडौँ, ४ जेठ ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

Advertisement

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, “अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।”

Advertisement

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिएका छन् । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गराँै, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ”, अध्यक्ष दाहालले भने ।

चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top