×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

आज नेकपाको सचिवालय बैठक बस्दै

२८ कार्तिक २०७७

२८ कात्तिक, काठमाडौं ।

दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्।

Advertisement
Advertisement

बैठक बस्ने भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आआफ्ना रणनीति बनाउन सक्रिय भएका छन्। शुक्रबार ४ बजेका लागि तय भएको बैठकमा आआफ्ना अजेन्डा पेस गर्ने तयारी दुवै अध्यक्षको छ। उनीहरू बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन आआफ्ना समूहमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री केपी शर्माा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरे। प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटे। अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन्।

दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन्। हाल दाहाल–नेपाल खेमामा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा कसैले केही टिप्पणी गरेका छैनन्।

गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए। त्यसकारण यसपटक बैठकमा उनले व्यक्त गर्ने धारणा नेकपाका नेता÷कार्यकर्ताका लागि चासो बनेको छ।

गौतमनिकट नेताका अनुसार भने यसपटक गौतमले पार्टी विधि र पद्धतिमा केन्द्रित रहेर धारणा राख्नेछन्। उनले बिहीबार दाहालसँगको भेटमा पनि आफू यसपटक दायाँबायाँ नगर्ने प्रतिबद्धता जनाएको स्रोतले बताएको छ। तर, महासचिव पौडेलले पनि बिहीबार बिहान गौतमसँग भेट गरेकाले उनको भूमिका के होला भनेर नेकपाभित्र अझै सन्देह छ।

दाहाल–नेपाल पक्ष स्थायी समिति बैठक बोलाउन दबाब बढाउने गरी अगाडि जान खोजेको स्रोतले बताएको छ। ओली पक्षले भने सकभर विषयलाई समझदारीका साथ सचिवालयमै नै टुंग्याउने रणनीति बनाएको छ।

दाहाल भदौ २६ गतेको निर्णय कार्यान्वयन नभएको, कर्णाली प्रदेशमा देखिएको पार्टीको आन्तरिक समस्या, पर्सामा पार्टीकै कार्यकर्ताको हत्या, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटघाट, राजदूत नियुक्ति प्रकरण, पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारको प्रसंग तथा कोरोना संक्रमणमा सरकारले गरेका कामकारबाहीबारे छलफल गरेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा लागेका छन्।

पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तार, राजदूत नियुक्ति र कर्णाली प्रदेशको विवादबाट दुई अध्यक्षका बीच आएको विवाद समाधान नहुँदा सचिवालय बैठक बस्न समेत अप्ठ्यरो परेको थियो।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top