खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चिनी ल्याउन टेन्डर नै परेन

२९ कात्तिक, काठमाडौं । चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ, तिहारमा ल्याउने भनेको भन्सार छुटको चिनी आउन अझै समय लाग्ने भएको छ । कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय लाग्ने भएको हो ।

सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरेर ३० हजार मेट्रिक टन चिनी खरिद गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुट दिएको थियो । खाद्य कम्पनीलाई चिनी खरिद गर्नका लागि सरकारले पहिलोपटक कोटा निर्धारण गरेको हो तर पहिलोपटक नै असफल हुने देखिएको छ ।

कम्पनीको खरिदसम्बन्धी आफ्नो ऐन, नियमावली नभएको र सरकारको सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया जाँदा लामो प्रक्रियामा जाँदा समय लाग्ने बताइएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले चिनी खरिदका लागि पहिलोपटक आह्वान गरिएको टेन्डरमा एउटै पनि आवेदन नपरेकाले तिहार र छठमा पनि खाद्य कम्पनीको चिनी आउन नसक्ने निश्चित भएको बताए । कम्पनीले अब पुनः टेन्डर कस्तो तरिका, के कसरी गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको र अहिलेसम्म टुङ्गो नलागेको उनले जानकारी दिए ।

Advertisement

सामान्य अवस्थामा चिनी खरिदका लागि कम्तीमा पनि तीन महिना लाग्ने भएकाले खाद्य कम्पनीले तत्काल आफ्नो चिनी बिक्री गर्न नसक्ने उनको भनाइ छ । उनका अनुसार कम्पनीले उपत्यकामा सञ्चालित सहुलियत मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी किनेर सहुलियत मूल्यमा बिक्री गर्दै आएको छ ।

सूचना अधिकारी सुवेदीेले कम्पनीले अर्को टेन्डरमार्फत चिनी खरिद गर्न सामान्य प्रक्रियामा पनि कम्तीमा तीन महिना लाग्ने बताए । सरकारले गत साउन १२ गते नै ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको थियो । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत चिनी ल्याएर बिक्री गर्न थालेको छ । सरकारको सार्वजनिक खरिद ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरी टेन्डरको मूल्याङ्कन, एलसीलगायत प्रक्रिया गर्दा छिटोमा तीन महिना समय लाग्ने भएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा पाएकामा झन्डै १० हजार मेट्रिक टन ल्याइसकेको छ । सरकारी कोटाको चिनी बिस्तारै ल्याउने क्रममा रहेको र एक महिनामा सबै चिनी नेपाल आइपुग्ने कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिए ।

सरकारी तथ्याङ्कअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैँ, तिहार र छठका लागि दुई महिना थप १० हजार मेट्रिक टन चाहिन्छ । सहुलियत भन्सार छुटमा आयात गरेको साल्ट टे«डिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपियाँमा बिक्री गर्दै आएको छ ।

बजारमा भने अहिले चिनी प्रतिकेजी खुद्रा मूल्य ९० देखि ९५ रुपियाँमा बिक्री भइरहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा केही दिनदेखि चिनीको भाउ मनपरी भएको बताए । उनका अनुसार अहिले निजी व्यापारीले थोक बजारमा चिनीको प्रतिकेजीको भाउ ८३ देखि ८५ रुपियाँ पु¥याएका छन् । खुद्रा बजारमा चिनीको भाउ ९० रुपियाँ भएको छ । यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top