कोरोना नियन्त्रका लागि स्थानीय सरकारलाई परिचालन गरिने

२९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । \

होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा कोभिड–१९ सहजीकरण समूह बनाउने नीति मन्त्रालयले लिएको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको भन्दै उपत्यका मेयर फोरमले पुनः कडा निषेधाज्ञा गर्न सरकारलाई आग्रह गर्दै आएको छ । उपत्यकामा मात्र ९० हजारमाथि व्यक्तिमा संक्रमण देखिइसकेको छ भने सक्रिय संक्रमितको संख्यासमेत २० हजारमाथि रहेको छ ।

मन्त्रालयले यसअघि नै उपत्यकामा स्वास्थ्य संकटकाल घोषणा गर्ने मस्यौदा तयारसमेत पारेको थियो । तर, त्यो मस्यौदा कार्यान्वयनमा भने गएको छैन । यसैबीच, मन्त्रालयले संक्रमितलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई परिचालन गराउने निर्णय गरेको छ । मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकाका पालिकाहरुमा समूह गठन गरिने जनाएको छ । हरेक टोलमा एउटा समूह गठन गरिने र त्यो समूहले ५० घर–परिवारलाई निरीक्षण गर्नुपर्नेछ । मन्त्रालयले यसअघि पनि होम आइसोलेसनमा बसेका व्यक्तिहरुको निगरानीको जिम्मा स्थानीय सरकारलाई नै दिएको थियो । तर, स्थानीय सरकारले बेवास्ता गर्दा होम आइसोलेसनमा बसिरहेका व्यक्तिहरुले निकै सास्ती खेप्दै आउनुपरिरहेको छ । मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारी टोल, समुदायलाई सहभागी गराउनुपर्ने र अब त कोरोना संक्रमण कहाँबाट सर्‍योभन्दा पनि कसलाई बचाउने भन्नेतिर सोच्नुपर्ने बताउनुहुन्छ । समूहहरुले क्वारेन्टिन, आइसोलेसन चाहिले व्यक्तिहरुको पहिचान गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने व्यक्तिहरुलाई सहयोग गर्ने, टोल–टोलमा कोरोनाभाइरसकाबारे जनचेतना फैलाउने, घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गराउने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएरनभएको अनुगमन गर्ने, अनावश्यक भिडभाड गर्न नदिने, भिडभाड हुने स्थानको अनुगमन गर्ने काम गर्नुपर्नेछ । यस्तै, ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगीलाई घर बाहिर निस्कन नदिने, निस्कनै परे जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न लगाउने र आवश्यक सहजीकरणसमेत गर्नेलगायतका काम गर्नुपर्ने नीति अघि सारिएको छ । संक्रमितको संख्या उच्च दरले उकालो लागेको उपत्यकाको हकमा भने मन्त्रालयले गम्भीर भएर लाग्न आवश्यक छ ।

Advertisement

यस्तै, संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारलेसमेत गहन जिम्मेवारी लिन जरुरी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top