×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

यो वर्षदेखि राइजिङ प्लेयर अफ दि इयर विधामा पनि खेलाडीलाई सम्मान गरिने

२९ कार्तिक २०७७

२९, कात्तिक काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेला संघ (एनएनआइपिए) ले यो वर्षदेखि राइजिङ प्लेयर अफ दि इयर विधामा पनि खेलाडीलाई सम्मान गर्ने भएको छ ।

सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी लागतका सम्मान प्रदान गर्दै आएको एनएनआइपिएले यो वर्षबाट राइजिङ प्लेयर अफ दि इयर विधामा पनि सम्मानित गर्ने भएको हो । ५० हजार राशी रहेको उक्त सम्मानबाट एक महिला र एक जना पुरुष खेलाडी सम्मानित हुनेछन् । यसैबीच राइजिङ प्लेयर अफ दि इयरसम्मालाई स्काई ब्राण्ड नेपालले प्रायोजन गर्ने भएको छ । हरेक वर्ष एक लाख रुपैयाँ उपलब्ध गराउने गरी स्काई ब्राण्ड नपाल र एनएनआइपिएबीच ५ वर्षका लागि सम्झोता समेत भएको छ । आज एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्काइ ब्राण्ड नेपालले पनि आजबाट नै औपचारिक सुरुवात गरेको छ । ५ जना महिला खेलाडीहरु अनु अधिकारी, रिमा घर्तिमगर, रेश्मा भण्डारी, रसिला महर्जन र अनिता बस्नेत समेतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै स्काइ ब्राण्ड नेपालको पनि उद्घाटन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

एनएनआइपिए हरेक वर्ष सर्वोत्कृष्ट महिला र पुरक्ष खेलाडीलाई १ लाख रुपैयाँले सम्मान गर्दै आएको छ । यस्तै प्रतिभावान महिला पुरुष खेलाडीलाई ५० हजार नगदसहित सम्मान गर्दै आएको छ । अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा सम्बन्धित राष्ट्रिय संघले सिफारिस गरेअनुसार हेक वर्ष खेलाडीहरु सम्मानित हुँदै आएको छन् । यस्तै एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एकजना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत गरिँदै आएको छ । यो वर्षको अवार्ड समारोहका बारेमा केही हप्तापछि औपचारिक जानकरी दिने संघका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top