×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता घोषणा गरिने

२९ कार्तिक २०७७

२९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गर्ने भएको छ ।

क्यानले शनिबार नेपाली टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता घोषणा गरिने बताएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्यवमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ । क्यानले शनिबार आवेदन दिएका १२ प्रशिक्षकको अन्तर्वार्ता समेत लिएको छ । मुख्य प्रशिक्षकका लागि आवेदन परेका ७२ बाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गरिएको र त्यसबाट अन्तिम अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छानिएको क्यानले जनाएको छ । यस्तै क्यानले क्रिकेट म्यानेजर पदका लागि आवेदन दिएकाको शुक्रबार अन्तर्वार्ता भएको जनाएको छ ।  क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।

Advertisement
Advertisement

 

Advertisement
Advertisement

गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिजपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । तत्कालिन प्रशिक्षक पटवालले राजीनामा दिएर स्वदेश फर्किएसँगै राष्ट्रिय टिम प्रशिक्षक विहीन भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top