कोभिड–१९ को कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गरिने

४ मंसिर ७७, बिहीबार

४ मंसिर, काठमाडौं ।

Advertisement

सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन् । पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।

उनले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताए । विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको÷अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ । कोभिड–१९ का कारणले सयौँ रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन ।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top