विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहणको बाटो खुल्यो

५ मंसिर, काठमाडौँ ।
सरकारले विराटनगर विमानस्थलको विकास र विस्तारका लागि जग्गा अधिग्रहणको बाटो खुला गरिदिएको छ ।

Advertisement

संघीय मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सुर्खेत विमानस्थलका लागि ३० विगाह र विराटनगर विमास्थलका लागि १ सय २६ दशमलव ४६ विगाहा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको बताए ।

सरकारको निर्णयसँगै अब विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि बाटो खुलेको छ। धावनमार्ग विस्तारका लागि विमानस्थलको पश्चिम तर्फ जग्गा अधिग्रहण गर्ने यसअघि नै निर्णय भईसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top