×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता

६ जेष्ठ २०७५

काठमाडौँ, ६ जेठ ः स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ ।

सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ ।

Advertisement
Advertisement

जेठ १५ देखि असार ३० गतेसम्म नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खाना र चाइनिज खाना बनाउन प्रतिष्पर्धा गराइनेछ ।

सहभागी विद्यार्थीलाई शनिबार युनिक्याम्पस पुतलीसडकमा तालीमसमेत प्रदान गरिएको स्नेहा ट्राभल मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले जानकारी दिए। “नेपालका विभिन्न कलेजमा पढ्ने विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरेका हौँ”, उनले भने ।

Advertisement
Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र किचन सेट, दोस्रोलाई रु ३० हजार र किचन सेट र तेस्रोलाई रु १५ हजार र किचन सेट प्रदान गरिने आयोजकले जनाएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top