पारिवारिक झैँझगडा र टाट पल्टिए पछि नेपालमा लुक्ने विदेशी धेरै

६ मंसिर ७७, आइतबार

काठमाडौं: सरकारले शुक्रबार गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

Advertisement

उनीहरुले बुझाउनु पर्ने बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाउन लागिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको थियो ।

यी नागरिकले नेपालमा भिसाको अवधि सिधिए पनि लुकीछिपी नेपाल बसेका थिए । अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले २० हजार डलर जरिवाना तिर्नु पर्ने भएको सात हजार मात्र तिर्न सक्ने बताएकोले अरु शुल्क मिनाहा गरिदिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

Advertisement

यसै गरी यमनका नागरिकको हकमा पनि पाँच हजार डलर मिनाहा गरेर निस्कासन गर्ने निर्णय भएको हो । विदेशी नागरिक भिसाको अवधि सकिए पछि जरिवाना तिर्न सक्नेको हकमा अध्यागमनले निष्कासन गर्छ भने जरिवाना तिर्न नसक्ने नागरिकको हकमा भने मन्त्रिपरिषद्को निर्णयले शुल्क मिनाहा गरेर मात्रै अध्यागमनले नेपालबाट निस्कासन गर्न पाउँछ ।

यि नागरिक लामो समयसम्म नेपालमा अध्यागमनको नियन्त्रणमा रहेका र विरामी भएर सिकिस्त समेत रहेकोले कति दिन नेपालमा पालेर राख्ने भन्दा शुल्क मिनाहा गरेर पठाउँदा उचित देखिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो ।

Advertisement

नेपालको बसाईमा उनीहरुले अरु कुनै खालका अपराधिक गतिविधिका संलग्न नरहेको देखिएको समेत उहाँले बताउनुभयो । उनीहरु विदेशी सामान्य नागरिक हुन् । पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा नेपाल बस्ने विदेशी नागरिकको संख्या बढीरहेको बताईन्छ ।

यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् ।आफनो देशमा विभिन्न घरायसी झै झगडा लगायत आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा पर्यटन भिसामा आएर बिभिन्न अपराधिक गतिविधिका संलग्न रहनेको संख्या पनि धेरै रहेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी बताउनुहुन्छ ।

कोही नेपालमा सस्तो खाना, बस्न पाईने भएको र पारिवारिक रुपमा बिछिप्त भएर नेपाल आएर बस्ने गरेको पाइएको छ । केही मानसिक सन्तुन बिग्रेका पनि यहाँ आएर झै झगडा गर्ने मानव अधिकार उलंग्न भयो भनेर भिसाको म्याद सकिए पनि वेवारिसे भएर बस्ने गरेका भेटिने गरेको अध्यागमन विभागको भनाई छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top