सीमा सिल तर आउजाउ खुल्लै

७ मंसिर ७७, सोमबार

जनकपुर/सप्तरी:  ८० किलोमिटर परको भारतीय सहर दरभंगाबाट भाइटीका लगाउन सुबोध कर्ण गत सोमबार बिहानै धनुषाको जटही नाका आइपुगे । ह्वाट्सएपमा भएको सल्लाहअनुसार उनलाई लिन ज्वाइँ प्रमोद लाल मोटरसाइकलमा नाका नै पुगे ।

सानो झोला बोकेका सुबोधलाई नाकामा दुवैतर्फका सुरक्षाकर्मीले हैरान पार्लान् भन्ने पीर थियो तर त्यस्तो केही भएन । दशगजा पारि उभिएका एसएसबीले सोधपुछसम्म गरेनन् । वारिका सशस्त्र प्रहरीले त प्रमोदको मोटरसाइकल जान दिन ब्यारिकेड नै हटाए ।

सुबोध र प्रमोद दुवै छक्क परे । सीमानाका छिर्न ठूलै संघर्ष गर्नुपर्ला भन्ने उनीहरूलाई लागेको थियो । बहिनीसित टीका थापेर मंगलबार बिहान सुबोध फेरि दरभंगा फर्किए । आउँदाजस्तै ज्वाइँ प्रमोदले उनलाई मोटरसाइकलमा जटहीसम्म पिकअप गरिदिए । पारि गएर उनले बस चढे । आउँदा सहज भए पनि फर्कंदा भने नाकामा केही असजिलो होला कि जस्तो लागेको थियो । ‘धेरै केरकार गर्‍यो भने फर्किनुपर्ला भन्ने सोचेर सीमासम्म आएँ,’ सुबोधले ज्वाइँ प्रमोदलाई सुनाएका थिए, ‘गाडी मात्र नचल्दो रहेछ । अरू सबै सहज नै देखियो ।’

Advertisement

शनिबार अपराह्न छोरासहित जटही नाका पुगेकी नगराइन–५ की रामसेविका देवीलाई पारिको बजार पिप्रोनसम्म पुग्नु थियो । भारतमा विवाह भएकी छोरी र ज्वाइँ उनलाई भेट्न पिप्रोन बजार आइपुगेका थिए । दुई किलोमिटरको दूरीमा रहेको नाकासम्म उनी पैदलै आइपुगिन् । दशगजानजिक पुगेर अलमलमा परिन् । जमुनिया नदीको पुल निर्माणाधीन थियो । रामसेविकाले सोचिन्– यही पुल नबनेर गाडी नचलेको होला । ‘पुल नै भाँचिएको छ अनि कसरी गाडी चल्छ,’ छोरालाई उनले सुनाउँदै थिइन्, ‘यहाँबाट पनि पैदलै पिप्रोन पुग्नुपर्ला ।’

कोरोना भाइरस संक्रमणको महामारी विश्वव्यापी फैलिएपछि नेपाल सरकारले गत चैत ८ मा भारतसँग जोडिएका सबै सीमानाका सिल गर्‍यो । भारतले पनि लकडाउन गर्‍यो । भारतसँग जोडिएको सीमानाकामा सशस्त्र प्रहरीको निगरानी र गस्ती बढाइयो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा थप मद्दतका लागि फरवार्ड बेस नै दशगजामा स्थापना गरियो । नेपाल र भारत दुवै देशमा कोरोना भाइरसको संक्रमण उच्च रहे पनि यतिबेला लकडाउन हटाइएको छ । तर सीमा सिल खोलिएको छैन ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top