×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

८ मंसिर २०७७

८ मंसिर, पोखरा ।
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ ।

विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ ।

Advertisement

सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई–तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए ।

गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो ।

सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो ।

थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए ।

यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ ।  उनले भने, “प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ ।

छाना र भवनका सामान आयो भने अबको दुई –तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।” राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच रु एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो ।

सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ ।

निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रङ्गशाला निर्माणको काममा ढिलाइ भएको बताए ।

भिआइपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उनको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ ।

“कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ”, बरालले भने, “सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको सङ्क्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”

रङ्गशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम, खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिए ।

तीन हजार ५०० सिट थप हुने

निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ ।

अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ ।

निर्माण कम्पनीले मौखिक आग्रहका आधारमा आफूहरुले फ्रान्समा ‘ग्राण्ड स्टाण्ड’ माग गरिसकेको जनाएको छ । “खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पटकपटक प्यारापिटको क्षमता बढाउने बताएका छन् ।

सोही आधारमा हामीले उहाँहरुको मौखिक आग्रहमा सामान अर्डर गरिसकेका छौँ । यसका लागि थप सम्झौता हुन बाँकी छ”, निर्माण कम्पनीका प्रबन्धक बरालले भने ।

रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताए ।

यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उनको भनाइ छ ।

Advertisement

विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो ।(रासस)

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top