प्राचीन रोमन नगरमा ज्यान गुमाएका मालिक र सेवक अवशेष भेटियो

७ मंसिर ७७, सोमबार

८ मंसिर, एजेन्सी ।
पुरातत्त्वविद्हरूले प्राचीन रोमन नगर पोम्पेईमा झन्डै २,००० वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला पारेका छन्।

पोम्पेई पुरातात्त्विक पार्कका अधिकारीहरूका अनुसार तीमध्ये एकजना सम्भवतः धनाढ्य व्यक्ति र अर्का उनका सेवक हुन्।

पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए।

पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो।

उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो। अहिले उक्त स्थान पुरातात्त्विक अध्ययनका लागि उपयुक्त देखिएको छ।

पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो।

के भेटियो ?
अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ।

उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ। अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ। पुरातात्त्विक अधिकारीहरूका अनुसार ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको सङ्केत दिएको छ।

ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको सङ्केतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो। निर्देशक ओसान्नाले संवाददाताहरूलाई भने, यो ऊष्ण तापका कारण भएको मृत्यु हो, कक्रक्क परेका हात र खुट्टाले त्यो सङ्केत गरेको छ।

उनले उक्त खोजलाई ज्वालामुखी विस्फोटन भएको बिहानको असाधारण र अविश्वनीय प्रमाणको रूपमा प्रस्तुत गरे।

नेपल्सनजिकै अवस्थित उक्त पुरातात्विक क्षेत्रमा उत्खननको काम जारी छ। तर उक्त स्थान कोरोनाभाइरस महामारीका कारण पर्यटकहरूका लागि अझै बन्द छ।(बीबीसी)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top