महोत्तरीमा भीषण आगलागी, १० करोड बराबरको क्षति

७ मंसिर ७७, सोमबार

८ मंसिर, महोत्तरी ।
महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ।

औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन्।

चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण गरिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए। आइतबार साँझ साँढे सात बजेदेखि गोदामबाट धुँवा आएपछि आगलागी भएको व्यवसायीले पत्तो पाएका थिए।

तल्लो तल्लाको गोदाममा आगलागी भएको धुँवा माथिल्लो तल्लमा पुग्यो। त्यहाँ रहेका बच्चाहरुले आगो लागेको हल्ला गरेका थिए। गाउँलेहरु त्यहाँ पुगेर बच्चाहरुको उद्धार गरे।

आगलागी भएको खबर इलाका प्रहरी कार्यालयमा पुगेको सात मिनेटमै निरीक्षक प्रकाश रेग्मीले गौशाला नगरपालिकाको दमकल लिएर घटनास्थल पुगेका थिए।

महोत्तरीको बर्दिबास, जलेश्वरनाथ नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, जनकपुर उपमहानगपालिकाबाट गएको दमकलले फैलिएको आगो राति साढे ११ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

‘अहिलेसम्मको प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ,’ उनले भने। हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो।

हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको छ भने लघुवित्तमा आंशिक क्षति भएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top