पारस खड्का दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा

९ मंसिर, काठमाडौँ ।

नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

Advertisement

उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ ।

पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

पारस नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन् । सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

कुन अवार्डका लागि कोको  छन् मनोनयनमा ?

आईसीसी पुरुष प्लेयस् अफ द डिकेड

विराट कोहली (भारत), जो रुट (इंगल्याण्ड), केन विलियम्सन (न्युजिल्याण्ड), एबीडी भिलियर्स (दक्षिण अपि|mका), स्टिभ स्मिथ (अष्ट्रेलिया), रविचन्द्रन आश्विन (भारत), कुमार सांगाकारा (श्रीलंका)

आईसीसी महिला प्लेयर अफ द डिकेड

एल्लिस पेरी (अष्ट्रेलिया), मेग ल्यानिङ (अष्ट्रेलिया), सुजी बेट्स (न्युजिल्याण्ड), स्टाफानी टेलर (वेस्ट इन्डिज), मिथाली राज (भारत), सराह टेलर (इंगल्याण्ड)

आईसीसी पुरुष टेस्ट प्लेयर अफ द डिकेड

विराट केहली (भारत), जो रुट (इंगल्याण्ड), स्टिभ स्मिथ (अष्ट्रेलिया), जेम्स एन्डर्सन (इंगल्याण्ड), केन विलियम्सन (न्युजिल्याण्ड), रंगना हेराथ (श्रीलंका), यासिर साह (पाकिस्तान) ।

आईसीसी पुरुष ओडीआई प्लेयर अफ द डिकेड

विराट कोहली (भारत), लासिथ मालिंगा (श्रीलंका), मिचेल स्टार्क (अष्ट्रेलिया), एबीडी भिलियर्स (दक्षिण अपि|mका), रोहित शर्मा (भारत), महेन्द्रसिंह धोनी (भारत), कुमार सांगाकारा (श्रीलंका)

आईसीसी महिला ओडीआई प्लेयर अफ द डिकेड

मेग ल्यानिङ (अष्ट्रेलिया), एल्लिस पेरी (अष्ट्रेलिया), सुजी बेट्स (न्युजिल्याण्ड), स्टाफानी टेलर (वेस्ट इन्डिज), मिथाली राज (भारत), झुलान गोस्वामी (भारत)

आईसीसी पुरुष टी-२० प्लेयर अफ द डिकेड

रासिद खान (अफगानिस्तान), विराट कोहली (भारत), रोहित शर्मा (भारत), इमरान ताहिर (दक्षिण अपि|mका), आरोन फिंच (अष्ट्रेलिया), लासिथ मालिंगा (श्रीलंका), क्रिस गेल (वेस्ट इन्डिज)।

आईसीसी महिला टी-२० प्लेयर अफ द डिकेड

मेग ल्यानिङ (अष्ट्रेलिया), सोफी डेभाइन (न्युजिल्याण्ड), एल्लिस पेरी (अष्ट्रेलिया), डिएनद्रा डोटिन (वेस्ट इन्डिज), एलिसा हेली (अष्ट्रेलिया), अन्या स्रुबसोले (इंगल्याण्ड)

आईसीसी पुरुष एसोसिएट प्लेयर अफ द डिकेड

किले कोइट्जर (स्कटल्याण्ड­), क्यालुम म्यालेओड (स्कटल्याण्ड), पारस खड्का (नेपाल), रिची बेरिंटन (स्कटल्याण्ड), असद भाला (पपुवा न्युगिनी), पिटर बोरेन (नेदरल्याण्ड्स)

आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अफ द डिकेड

विराट कोहली (भारत), केन विलियम्सन (न्युजिल्याण्ड), अन्या स्रुबसोले (इंगल्याण्ड) मिसबाह उल हक (पाकिस्तान), ब्रेन्डन म्याकुलम (न्युजिल्याण्ड), काथरिने ब्रन्ट (इंगल्याण्ड), माहेला जयवर्धने (श्रीलंका), ड्यानिअल भिटोरी (न्युजिल्याण्ड), महेन्द्रसिंह धोनी (भारत) ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top