×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

दूरसञ्चार प्राधिकरणद्वारा ६९ प्रतिशत इन्टरनेट जडान

११ मंसिर २०७७

११ मंसिर, काठमाडौं ।

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेकोमा हालसम्म ६९ दशमलव ३७ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।

Advertisement
Advertisement

१२ वटा प्याकेजअन्तर्गत ४६ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, १८ प्याकेजमध्येमा हालसम्म ११ हजार ८६ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ, जसमा ५०६ स्थानीय तह, चार हजार १६५ वडा कार्यालय तथा तीन हजार ४७२ माध्यमिक विद्यालय तथा दुई हजार ९४३ स्वास्थ्य संस्था रहेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार दुईवटा प्याकेजअन्तर्गतका नौ जिल्लामा ५० प्रतिशतभन्दा बढी, चार प्याकेजअन्तर्गतका १९ जिल्लामा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनोट भई निर्माण कार्य भइरहेको छ ।

यसैगरी, चार हजार ८९६ मा इन्टरनेट जडानको कार्य बाँकी रहेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म ४६ जिल्लाहरुमा शत्प्रतिशत र बाँकी नौ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै, चारवटा प्याकेजअन्तर्गत १९ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्येमा हालसम्म रु दुई अर्ब ७१ करोड रकम ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार, उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।

Advertisement

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तारमा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेको छैन । ७४ जिल्लामा ७०२ स्थानीय तह, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार २२५ मावि र चार हजार १२२ स्वास्थ्य संस्था गरी १५ हजार ९८२ स्थानमा इन्टरनेट विस्तारको अनुमान गरेर १८ प्याकेजमार्फत विस्तार गरेको छ ।

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top