×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

परीक्षणको अन्तिम चरणमा रहेका मध्ये नेपाललाई ३ खोप उपयुक्त

११ मंसिर २०७७

काठमाडौँ : परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् ।

फाइजर-बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।

Advertisement

अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार पारेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ कम मूल्य पर्ने देखिएका छन् । स्पुतनिक खोपको भाइल माइनस १८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपरे पनि यसको सुक्खा संस्करण २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवामा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (रोगविरुद्ध खोप) दिइराखिएको छ । यी खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ । राजधानीलगायतका केही ठाउँमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमतासमेत छ ।

‘सरकारले कोभिड खोपको बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिएर बुझिरहेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘हामीलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोप परिवहन र लगाउनसमेत सहज हुन्छ ।’ उनले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पुर्‍याएर भारतमा समेत प्रयोग हुने सम्भावना रहेको बताए । डा. गौतमले खोप लगाउने रणनीतिक योजना पनि तयार गरिरहेको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोभिड खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने सुरक्षित र प्रभावकारी खोप नै ल्याउन उपयुक्त देखिएको बताए । ‘मुलुकभरि लगाउन्जेलसम्म गुणस्तर सुनिश्चितताका लागि खोपको कोल्ड चेन कायम राख्नु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनुका साथै चुनौतीपूर्णसमेत छ,’ उनले भने । विज्ञहरूले नेपालका लागि सहज रूपमा उपलब्ध हुने, सजिलै भण्डारण तथा ओसारपसार गरेर लगाउन सकिने अत्यन्त प्रभावकारी खोप उपयुक्त हुने बताउँदै आएका छन् । उनीहरूका अनुसार नेपालको जटिल भौगोलिक अवस्थाका कारण सामान्य ‘आइसबक्स’ मा दुई–तीन दिनसम्म समेत खोप सुरक्षित रूपमा राख्न सकिने खालको हुनुपर्छ ।

Advertisement

डा. ठाकुरले मुलुकमा हाल उपयोग भइरहेकोभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने अवस्थाका लागि संरचना फेर्न सरकारले अतिरिक्त बजेट व्यवस्था गर्नुपर्ने पनि बताए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top