×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

बागमती प्रदेशमा धान उत्पादन बढ्यो, उत्पादकत्व घट्यो

११ मंसिर २०७७

हेटौँडा: बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ । यस प्रदेशको मुख्य बाली धान खेतीको गत वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र वृद्धि भए पनि क्षेत्र विस्तारको अनुपातमा उत्पादकत्वमा
ह्रास आएको हो ।

गत वर्ष प्रदेशभरमा धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकामा यो वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाका अनुसार गत वर्ष प्रदेशका जिल्लाहरूमा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा यो वर्ष विस्तार भएर धान लगाइएको क्षेत्रफल एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ ।

Advertisement

गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष वृद्धि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ ।

विज्ञ तिमिल्सिनाले क्षेत्र विस्तारअनुसार धान उत्पादनमा वृद्धि भएको बताउँदै उत्पादकत्वमा ह्रास आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धानमा रासायनिक मल हाल्ने समयमा उपलब्ध नभएको र धानमा विभिन्न रोग र कीराको प्रकोपका कारण उत्पादकत्वमा ह्रास आएको हो । ”

प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा गत वर्ष २२ हजार २६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ८७ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भएर २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको चितवनमा एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको छ ।

नुवाकोटमा गत वर्ष ११ हजार २६४ हेक्टर क्षेत्रफलमा धान खेती भएकामा यो वर्ष विस्तार भएर १४ हजार ३८७ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो । नुवाकोटमा वर्षे धान गत वर्ष ४८ हजार ५४८ मेट्रिक टन उत्पादन भएकामा यो वर्ष वृद्धि भएर ६२ हजार ६३२ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

उता नेपाल सरकारले सहकारीमार्फत किसानको धान खरिद गर्नेगरी धान खरिद गर्नेसम्बन्धी निर्देशिका जारी गरे पनि सहकारी संस्थाहरूले धान खरिदमा चासो देखाएको पाइएको छैन । सरकारले मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम किसिमको धानको समर्थन मूल्य दुई हजार ८८५ रुपियाँ निर्धाण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार धान खरिद गर्न चितवनमा तीनवटा सहकारी मात्र दर्ता हुन आएका छन् ।

सिन्धुलीमा उत्पादन घट्यो
सिन्धुली जिल्लामा यो वर्ष रोग–कीराको प्रकोपका कारण धान उत्पादन गत वर्षको तुलनामा चार हजार ८१५ मेट्रिक टन घटेको छ ।

जिल्लामा यो वर्ष १४ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ४२ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष १५ हजार तीन सय हेक्टरमा धान खेती गरिएकामा ४७ हजार ३५१ मेट्रिक टन उत्पादन भएको थियो । धान खेतीको सिजनमा मलखाद, गवारो, सेते, डढुवालगायतका रोग–कीराको प्रकोपका कारण यो वर्ष धान उत्पादन घटेको ज्ञान केन्द्रका वागवानी विकास अधिकृत तथा सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच किसानले उत्पादन गरेको धान खरिद गर्न कुनै पनि सहकारी संस्था अहिलेसम्म सूचीकृत हुन नआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले जनाएको छ । परियोजना प्रमुख देवराज अधिकारीका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने सहकारी संस्थालाई अनुदानको व्यवस्था गरेको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा किसानले खुला रूपमै सहजै धान बिक्री गरिरहेको हुनसक्ने भएकाले सहकारी संस्था सूचीकृत हुन नआएको हुनसक्ने उहाँको भनाइ छ ।

रामेछापमा पनि उत्पादनमा ह्रास
रामेछाप जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षभन्दा बढी क्षेत्रफलमा रोपाइँ भए पनि रोग तथा रासायनिक मलको अभावले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।

जिल्लामा यस वर्ष १.२१ प्रतिशतभन्दा बढीले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताउनुभयो । प्रमुख गुरुङका अनुसार अनुसार जिल्लाभर यस वर्ष आठ हजार ८१९ हेक्टर खेतमा रोपाइँ हुँदा २६ हजार ९८६ मेट्रिक टन धान उत्पादन भएको छ ।

गएको वर्ष आठ हजार ८१२ हेक्टरमा २७ हजार ३१७ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । रासायनिक मलको अभाव र कालोपोको लगायतका रोगका कारण धान उत्पादनमा ह्रास आयो, कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख गुरुङले भन्नुभयो ।

उहाँका अनुसार गत वर्ष जिल्लामा प्रतिहेक्टर ३.१ प्रतिशतले धान उत्पादन भएकामा यो वर्ष घटेर प्रतिहेक्टर ३।०६ प्रतिशत उत्पादन भएको छ ।

मकवानपुरमा उत्पादकत्वमा गिरावट
मकवानपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्षको वर्षे धानको उत्पादकत्वमा गिरावट आएको छ । यस जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्र विस्तार भएको अनुपातमा यस वर्ष धान उत्पादन नभएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष मकवानपुरमा वर्षे धानको उत्पादकत्व ३।६८ प्रतिशत रहेकामा यस वर्ष ह्रास भएर ३।३१ प्रतिशतमा झरेको छ । यस जिल्लामा गत वर्ष नौ हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ३४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै यस वर्ष वर्षे धान खेतीको क्षेत्रफल वृद्धि भएर ११ हजार हेक्टर क्षेत्रफलमा लगाइएकामा ३६ हजार ४५० मेट्रिक टन धान उत्पादन भएको तिमिल्सिनाले बताउनुभयो ।

उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) मकवानपुरका अधिकृत महेश्वर लामिछानेले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्नेगरी दर्ताका लागि कुनै पनि सहकारी संस्था नआएको बताउनुभयो । उहाँका अनुसार सहकारीहरूलाई वर्षे धान कहाँबाट कति परिणममा खरिद गर्ने हो जानकारीसहित निवेदन दिन आह्वान गरिए पनि सहकारी संस्थाहरूले चासो देखाएको पाइएको छैन ।

दोलखामा बढ्यो
दोलखामा यो वर्ष धान उत्पादनमा ५.२६ प्रतिशतले वृद्धि हुने देखिएको छ । खेतीमा वृद्धि र राम्रो वर्षासमेत भएकाले यो वर्ष धान उत्पादनमा यसरी वृद्धि हुने कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ९८९ हेक्टरमा सात हजार ४७३ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७७/७८ मा तीन हजार दुई हेक्टरमा सात हजार ८६५ मेट्र्कि टन उत्पादन हुने भएको छ ।

कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य मोटो प्रतिक्विन्टल दुई हजार ७३५ रुपियाँ र मध्यमको प्रतिक्विन्टल दुई हजार ८८५ रुपियाँ तोकिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना किवी जोन कार्यालयका प्रमुख ज्ञानकुमार श्रेष्ठका अनुसार धान खरिद गर्नेगरी सम्झौता गर्न सहकारीहरूलाई जानकारी गराइएको छ ।

अहिलेसम्म कुनै पनि सहकारी सम्पर्कमा आएका छैनन् । धान खरिद तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार सहकारीहरूले धान खरिद गर्ने सम्झौता गरी कार्य अगाडि बढाए उनीहरूलाई व्यवस्थापन खर्चबापत सरकारले प्रतिक्विन्टल ११२ रुपियाँ दिने कार्यविधिमा उल्लेख छ ।

काभ्रेमा पनि उत्पादन बढ्यो
काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो वर्षको तुलनामा धान उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७५र७६ मा ३७ हजार ५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६र७७ मा ३९ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र काभ्रेका बाली विकास अधिकृत एवं सूचना अधिकारी थर्क जिसीले अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत धान उत्पादन बढेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष ११ हजार २६६ हेक्टर क्षेत्रफलमा धान खेती भएकामा यस वर्ष ११ हजार २८० हेक्टरमा धान खेती भएको थियो । उत्पादन बढ्नुमा कोरोना सङ्क्रमण कारण बनेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

Advertisement

सहरमा बसेका युवा गाउँगाउँमा गएर कृषिमा लाग्नु, मौसमले साथ दिनुलगायतका कारण उत्पादन बढेको सूचना अधिकारी जिसीको भनाइ छ । जिल्लामा खुमल ४, खुमल १०, खुमल १३, सावित्री, मकवानपुर १८, हाइब्रिडलगायतका धान लगाउने गरिएको छ । काभ्रेका १३ वटै स्थानीय तहमा धान उत्पादन हुने गरेको कार्यालय जनाएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top