राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

११ मंसिर ७७, बिहीबार
Share this
730shares

११ मंसिर, विराटनगर ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ।

Advertisement

शाक्यको आज विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज विहान निधन भएको अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलले जनाकारी दिइन्।

शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर शुरु गरेका शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए।

Advertisement

राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि खिलराज रेग्मीको मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्ष बनाएको थियो। ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top