×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

देशमा लगानीको अवसर झन् बढेर गएको छ : प्रधानमन्त्री ओली

११ मंसिर २०७७

११ मंसिर, काठमाडौं।

नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरे।

Advertisement
Advertisement

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताए ।

कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उनले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गरे । सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताए ।

गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताए। प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भने “अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु ।नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ किनकि हामीसँग बचत राम्रो छैन ।” देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताए।

सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे ।

कृषिमा लगानी गर्न आग्रह

प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए। कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उहाँले स्पष्ट पारे ।

सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उनले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताए ।

सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । उनले भने, “हामीले नेपालका निजी क्षेत्रका लगानीकर्ताको क्षमता विकास र विस्तार गर्न सकेको भए विदेशी लगानीकर्तालाई आमन्त्रण गर्नुपर्दैनथ्यो ।”

राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गरे । “हाम्रै उद्यमी व्यवसायीले यहाँको पैसा बाहिर लगेर लगानी गर्ने काम उचित होइन । यहाँ नै लगानीका अवसर सकिएको छैन । हाम्रोमा श्रम बजार सस्तो छ । त्यसकारण यहाँको उद्योगमा बढी मुनाफा प्राप्त हुन्छ”, उनले भने।

देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गरे ।

देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र असाध्यै नराम्री प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताउँदै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिए।

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा समावेश भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औँल्याउँदै उहाँले राष्ट्रिय गौरवका आयोजना शीघ्र सम्पन्न गरी नयाँनयाँ ठूला आयोजना निर्माणमा लाग्नुपर्ने बताए।

Advertisement

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, सुरज वैद्य, पशुपति मुरारका, प्रदीपजङ्ग पाण्डेलगायत महासङ्घका प्रदेश अध्यक्षलाई सम्मान गरिएको थियो । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।रासस

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top