×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026
Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

११ मंसिर २०७७

११ मंसिर, काठमाडौँ ।

परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।

Advertisement
Advertisement

परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए । आव २०७५÷७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।

यस्तै आव २०७४÷७५ मा १० लाख पाँच हजार ८३० महिला र तीन लाख २५ हजार २६६ पुरुष, आव २०७३÷७४ मा १० लाख ४० हजार ७८ महिला र तीन लाख ४५ हजार ६३४ पुरुष तथा आव २०७२÷७३ मा नौ लाख ९२ हजार ९८४ महिला र तीन लाख २२ हजार ७९२ पुरुष स्थायी बन्ध्याकरणमा सहभागी छन् । त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ । एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ । पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन् ।

परिवारकल्याण महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक कविता अर्यालले परिवार नियोजनको साधन पुरुषका तुलनामा महिलाको बढी भएकाले स्वाभाविकरूपमा महिलाको सहभागिता बढी हुने बताइन् । उनी महिलाले परिवार नियोजन गर्दा पुरुषका तुलनामा जोखिम रहेको बताउँछिन् । “एक त महिलाले बच्चा जन्माउने गर्दछन् । अर्कातिर स्थायी र अस्थायी साधन पनि महिलाले बढी प्रयोग गर्दछन्”, उनले भनिन्, “त्यही परिवार नियोजनको साधन पुरुषले गर्दा हुन्छ तर पितृसत्तात्मक कारणले महिलाले बढी गरेको पाइन्छ ।” उनी नीति नै ल्याएर पुरुषलाई परिवार नियोजनमा सहभागिता गराउनुपर्ने बताउँछिन् ।

पुरुषले यौनशक्तिमा कमी आउनेजस्ता भ्रमले गर्दा स्थायी बन्ध्याकरण कम हुने गरेको उनी बताउँछिन् । “भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन्”, उनले भनिन्, “तर त्यस्तो केही हुँदैन । भ्रमले गर्दा पुरुष स्थायी बन्ध्याकरणमा सहभागी भएका छैनन् ।”

महाशाखा तथ्याङ्क अधिकृत बिजुक्छेका अनुसार आव २०७६÷ ७७ मा अस्थायी साधन डिपोप्रोगेरा प्रयोग गर्ने २० वर्षभन्दा मुनिका महिला २१ हजार ३१३ र २० वर्षभन्दा माथिका दुई लाख ५० हजार २४६ जना तथा कपर टी प्रयोग गर्ने २० वर्षभन्दा मुनिका ६६७ र २० वर्षभन्दा माथिका १३ हजार ८४३ जना छन् । यस्तै इम्प्लाण्ट गर्ने २० वर्षमुनिका तीन हजार ८६९ र २० वर्षभन्दा माथिका ८३ हजार ७४२ तथा पिल्स प्रयोग गर्ने २० वर्षमुनिका ११ हजार ३९२ र २० वर्षभन्दा माथिका एक लाख ३४ हजार ८७७ जना छन् ।

यस्तै पुरुषका लागि अस्थायी साधन कण्डम आव २०७६÷७७ मा दुई करोड ४३ लाख ७७ हजार ९७९ वितरण गरिएको छ । एक जनाले १५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । महाशाखाको तथ्याङ्कअनुसार एक लाख ६२ हजार ५२० जना गत आवमा गर्भनिरोधक रहेको मानिएको छ । आव २०७५÷७६ मा दुई करोड ८१ लाख ८१ हजार ७०७, आव २०७४÷७५ मा दुई करोड ९२ लाख ३३ हजार २१, आव २०७३÷७४ मा तीन करोड ३१ लाख ९६ हजार ६१८ र आव २०७२÷७३ मा तीन करोड ३० लाख २८ हजार ७० वटा कण्डम वितरण गरिएको छ ।

जनस्वास्थ्यविद् तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा.खेमबहादुर कार्कीले हाम्रो मुलुकमा पितृसत्तात्मक समाजको असर परिवार नियोजनमा पनि देखिएको बताए । “परिवार नियोजनका स्थायी र अस्थायी साधन पुरुषको महिलाको भन्दा सस्तो र सजिलो छ”, उनले भने, “तर पुरुषप्रधान समाज भएकाले पुरुष आफैंले परिवार नियोजन नगरेर महिलालाई बाध्य बनाउने गर्छ ।” स्थायी बन्ध्याकरणको कुरा आर्थिक सशक्तीकरणसँग पनि जोडिएकाले महिलाले परिवार नियोजनको साधन बढी प्रयाग गर्ने गरेको उनी बताउँछन् ।

“श्रीमतीले पनि श्रीमान्ले बन्ध्याकरण गर्दा कमजोर हुन्छन्, आर्थिक उपार्जन गर्न सक्दैनन् जस्ता कारण देखाएर आफूले नै स्थायी बन्ध्याकरण गर्ने गरेको पाइएको छ”, उनले भने, “अब महिला पनि आर्थिक सशक्तीकरणमा बढ्दै गएकाले परिवर्तन आउने छ ।” उनले महिला पुरुषको दुवैको आर्थिकोपार्जनमा उत्तिकै सहभागिता देखिन थालेकाले महिलाले मात्र नभई पुरुष पनि परिवार नियोजन गर्नका लागि सचेत हुनुपर्ने बताए ।

जनस्वास्थ्यविद् डा.लक्ष्मी तामाङ स्थायी बन्ध्याकरण गर्दा नपुसङ्क हुने र कण्डम प्रयोग गर्दा सन्तुष्टि हुँदैन भन्ने भ्रमका कारण पुरुषको परिवार नियोजनमा सहभागिता कम भएको बताउँछिन् । “पुरुषमा परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग गर्दा नकारात्मक कुरा बढी फैलाइएको छ । भ्याक्सेटोमी सरल छ, यसबाट कुनै नकारात्मक असर पर्दैन । कण्डम प्रयोग गर्दा पनि कतै कुनै साइड इफेक्ट गर्दैन”, उनले भनिन्, “तर अज्ञान र भ्रमका कारण पुरुषले आफू परिवार नियोजन स्थायी वा अस्थायी साधन प्रयोग नगरी महिलालाई गर्न लगाउँछन् ।”

Advertisement

उनले महिलाले स्थायी र अस्थायी साधन प्रयोग गर्दा कम्तीमा तीन महिना कुनै न कुनै रूपमा साइड इफेक्ट पर्ने गरे तापनि पुरुषले बाध्य भएर महिलालाई नै परिवार नियोजनमा सहभागिता गराउने गरेको बताइन् । उनी पुरुषको परिवार नियोजनमा सहभागिता गराउनका लागि स्थानीय तहमा नै सचेतना फैलाउनुपर्नेमा जोड दिन्छिन् ।–शरद शर्मा/रासस

भर्खरको समाचार

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

सम्बन्धित खबरहरु

Scroll to Top