संवैधानिक आयोग रिक्त हुनुको दोष सरकारलाई नदिनु : परराष्ट्रमन्त्री

११ मंसिर, काठमाडाैँ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संबैधानिक आयोगका पदाधिकारी नियुक्तीमा भएको ढिलाईमा सरकार मात्रै दोषी नभएको दाबी गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको विहिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले पदाधिकारी नियुक्तको सिफारिस गर्ने संबैधानिक परिषद्को बैठक पटक पटक कोरम पुग्न नसकेका कारण बस्न नसकेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पारौ भन्ने दृष्टिले हेर्न नहुने बताए । उनले भने “सरकारलाई अप्ठ्यारो पारौ वा भागवण्डा भन्ने हिसाबले हेर्नुहुदैन । ब्रोडर प्रस्पेक्टीभबाट हेर्नुपर्छ । परिषद्को बैठक पटक पटक कोरम नपुग्ने र रोक्नुपर्ने स्थिति बन्नु हुदैन भन्ने मेरो आग्रह हो । लामो समय पदहरु खाली रहनु उपयुक्त होइन तर यसमा सरकार मात्रैलाई भन्नु उचित हुदैन भन्ने म ठान्दछु ।”

उनले समावेशी ढंगले नियुक्ती गर्ने विषयमा सरकार प्रतिवद्ध र संविधानले गरेको व्यवस्थाप्रति अबिचलित रहेको उल्लेख गरे । एकीकृत समावेशी ऐन बनाउने सवालमा सरकार सकारात्मक रहेको बताए। उनले उपसभामुख सत्तारुढ दलको नहुने र प्रतिपक्षी दलबाट हुनुपर्ने संबैधानिक व्यवस्था भएकाले प्रतिपक्षीदलबाट पहल हुनुपर्ने उल्लेख गरे । समिति बैठकमा उपस्थित अधिकांश सदस्यले संबैधानिक निकायमा अविलम्ब नियुक्ति गर्न तथा नियुक्तिहरुलाई समानुपातिक समावेशी गर्न माग गरेका थिए ।

Advertisement

समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले ३ बर्ष सम्म पनि संबैधानिक आयोगका पदाधिकारीहरु नियुक्त हुन नसक्दा प्रधानमन्त्रीकै कार्यक्षमतामाथि प्रश्न चिन्ह खडा गरेको बताए । उनले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा बैठकमा सहभागी परराष्ट्रमन्त्रीको भनाईको पनि खण्डन गरे । उनले भने “परराष्ट्रमन्त्रीको भनाईमा मुलुकमै केही समस्या छैन कि जस्तो ढंगले आएको छ । तर मुलुकको परिस्थिति त्यस्तो छैन । हालै ट्रान्सपरेन्सीको प्रतिवेदनले धक्का दिएको छ । सरकारको मात्रै अयोग्यता नभई पद्धतिकै अयोग्यता हो कि भन्ने प्रश्न उठाएको छ । ४० प्रतिशत बढी आयोगका पदाधिकारी खाली रहेको अवस्था छ । ३ बर्ष सम्म खाली राख्नुले प्रधानमन्त्रीको कार्यदक्षता माथि नै प्रश्न चिन्ह खडा गरेको छ । ”

Advertisement

नियुक्ती भएर आएकाले पनि समाजलाई उत्साहित गर्न नसकेको भन्दै उहाँले नियुक्ति गर्ने व्यक्तिको रोस्टर बनाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न माग गरे । अर्का सदस्य पुष्पा भुसाल गौतमले संबैधानिक नियुक्तिहरु समावेशी समानुपातिक गरिनेछ भनी संविधानको प्रस्तावनामा नै लेखिएको स्मरण गराउदै सरकारले संविधानमा लेखेको कुरालाई किन पालना गरिरहेको छैन ? भनी प्रश्न गरिन् । त्यसैगरी समिति सदस्य जितेन्द्र नारायण देवले समावेशी विधेयक संसदमा ल्याउन माग गरे ।

त्यसैगरी भिमसेनदास प्रधानले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्नुपर्ने धारणा राखे । त्यसैगरी राजेन्द्र श्रेष्ठले नियुक्तिलाई समानुपातिक समावेशी गराउन माग गरे । समिति सदस्य देव गरुङले कानून अभावमा एक दुई जना मात्रै राख्दा पनि समावेशी भयो भनेर व्याख्या हुने गरेको उल्लेख गर्दे समानपातिक समावेशी विधेयक नै ल्याउन आवश्यक रहेको बताए ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संबैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न विहिबार प्रधानमन्त्रीलाई बोलाएको भएपछि उनको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवाली बैठकमा सहभागी भएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top