वाग्मती प्रदेश सरकारले चलाउने भयो विद्युतीय सवारी साधन

१० मंसिर ७७, बिहीबार

११ मंसिर, हेटौंडा ।

वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए ।

आज आफ्नो कार्यकक्षमा कुरा गर्दै उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए ।

Advertisement

उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । मन्त्री फुयाँलले विद्युतीय सवारी साधनलाई तत्कालै सञ्चालन गर्ने प्रक्रियालाई सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसँग सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।

उनले प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ्, चितवन मकवानपुरलगायत अन्य शहरमा विद्युतीय सवारी साधन सञ्चालनका लागि चार्जिङ् स्टेशन लाइन विस्तार गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेकोे र छिट्टै ती शहरमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे । मन्त्री फुयाँलले त्रिभुवन राजपथ एवं नौबिसे मुग्लिन सडकखण्डमा पनि विद्युत् चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत् प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए ।

Advertisement

उनले भैँंसे–भीमफेदी एवं भीमफेदी–कुलेखानी विस्तारित सडकखण्डको पनि आज निरीक्षण गरे । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको काम छिट्टै प्रारम्भ गर्ने र त्यस क्षेत्रमा पर्ने निजी घर जग्गाको हकमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सरोकार समितिलाई समेत उनले निर्देशन दिए ।रासस

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top