×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

७ जेष्ठ २०७५

धनगढी, ७ जेठ ः ७ नम्बर प्रदेशमा प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए । 

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै डा रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँदाहुँदै पनि बैठकमा पङ्खा चल्ने व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको बताए।

Advertisement
Advertisement

प्रदेशसभा की ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले आफ्नो घरमा आठ दिनदेखि बन्द भएको बिजुली सञ्चालन हुन नसकेको भन्दै गर्मीकै कारण पङ्खा भएको अर्को घरमा डेरा सर्नु परेको बाध्यता सुनाए ।

विद्युत् प्राधिकरणका प्रमुखलाई आठ दिनदेखि अवरुद्ध बिजुली सञ्चालन गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शाहले बैठकमा प्रश्न गरे, “प्रदेशका माननीयहरुको सुनुवाइ त हुँदैन, सर्वसाधारणले व्यहोरिरहेको समस्याको सुनुवाइ कसरी हुन्छ ।”

केही दिनयतादेखि बढेको चर्र्को गर्मीका बीच आइतबारको प्रदेशसभा बैठक कक्षमा रहेका अधिकांश पङ्खा बन्द हुँदा पसिनाले असिन पसिन हुँदै सहभागीहरु सास्ती व्यहोरिरहेका देखिन्थे ।

प्रतिपक्षी बेन्च र पत्रकार बस्न बनाइएको दीर्घाका पङ्खा नचलेको देखिएपछि एक मर्यादापालक ‘पावर’ नभएको जवाफ दिइरहेका थिए । सत्ता पक्षीय बेन्चतर्फ चलेका केही पङ्खाले तातो हावा फ्याँकिरहेको थियो ।

सत्ता पक्षका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले भनिन्, “बैठक चलिरहँदा गर्मीले खलखली पसिना आउँछ, कतिखेर सदन सकिएला र बाहिर निस्कौँला भन्ने लाग्छ ।”

गर्मीका कारण प्रदेशसभा भवनको दर्शक र पत्रकार बस्न बनाइएको दीर्घामा उपस्थिति घट्दै गएको छ ।

प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बजेटको निकासा गर्न भएको ढिलाइका कारण प्रदेशसभा बैठकमा ‘एसी’ जडानको व्यवस्थापन गर्नमा ढिलाइ भएको बताए ।

“गर्मी बढेको छ, बत्तीको पावर नै छैन,” सचिव शर्माले भने, १५ दिने सूचना निकालेर बैठक कक्षमा एसी जडानको व्यवस्थापन गर्न लागेका छौँ ।”

केही दिनदेखि बढेको गर्मीका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । गर्मीका कारण खास गरी वृद्धवृद्धा, विद्यालयका बालबालिका र दैनिक मजदूरी गरेर खाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । नेपालगञ्ज, सिमरा र धनगढी बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top