आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन् ।

उनले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताएका छन् ।

अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै दिएको थियो ।

Advertisement

राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट सन्देशमार्फत आफ्नो चुनावी अभियानका बारेमा छानबिन गर्न न्याय मन्त्रालयसमक्ष माग गरेको बताउका थिए ।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआइ) का प्रतिनिधिहरूले त्यस निर्वाचनका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाबाट जासुसी गरिएको भन्ने आरोपका विषयमा अनुसन्धान गरिने बताएका छन् ।

Advertisement

त्यस निर्वाचनका क्रममा यस्तो गैरकानुनी काम गरे वा नगरेको भन्ने बारेमा पत्ता लगाउन उक्त कार्यालयले अनुसन्धान थाल्ने योजना बनाएको बताएको छ ।

अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले यस्तो कुनै प्रकारको घुसपैठ भएको भन्ने बारेमा अहिले नै केही भन्न नसकिनेभन्दै यदि त्यस्तो भएको प्रमाणित भएमा संलग्नहरुमाथि उचित कारबाही गरिने पनि जानकारी दिए।

राष्ट्रपति ट्रम्पले यसरी आफ्नो ट्वीट अकाउन्टमार्फत नै अनुसन्धान गर्न भनेपछि संघीय अनुसन्धान ब्युरोका एकजना प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेका थिए ।

यसअघि गतवर्ष अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ मा भएको निर्वाचनको प्रचारका क्रममा उहाँलाई रुसका अधिकारीहरुले सहयोग गरेका भनेर समाचार आएको थियो ।

यसरी अमेरिकी निर्वाचनमा रुसी अधिकारीहरुको हस्तक्षेपको बारेमा सन् २०१७ भरि नै अनुसन्धान भएकोमा अहिले आफ्नै निर्वाचनका विरुद्धमा यस्तो जासुसी भएको समाचार आएपछि उनले यसको अनुसन्धान गर्न भनेका हुन् ।

एफबीआइका अधिकारीहरूले ट्रम्पको निर्वाचन अभियानका क्रममा रुसी अधिकारीहरुसँग पनि सम्पर्क भएको भन्ने बारेमा पनि केही तथ्यहरु भेटिएको बताएका छन् ।

त्यसैले ट्रम्पको चुनावी अभियानका विभिन्न पक्षमाथि नै अनुसन्धान सुरु भएको एफबिआइका अधिकारीहरुले जनाएका छन् ।

उनको चुनावी प्रचारप्रसारको क्रममा रुसी गुप्तचरहरुसँग साँठगाँठ भएको भन्ने आरोपको छानबीनको अभियान अमेरिकी सिनेटसम्म नै पुगेको थियो ।

उता राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा भएको यस गुप्तचर क्रियाकलापहरुका बारेमा छानबिन गर्न अघिल्लो ओबामा प्रशासनलाई पनि भनेको तर त्यस बारेमा उक्त प्रशासनले एफबीआइलाई आदेश दिए नदिएको बारेमा पनि छानबिन गर्न माग गरेको बताएका छन् ।

यसलाई कुनै पनि राजनीतिक रुपमा प्रेरित नभई विशुद्ध अनुसन्धान मात्र गर्नुपर्ने पनि उनले बताएका छन् । न्याय मन्त्रालयका एकजना प्रवक्ताले यसलाई सोही बमोजिम नै अघि बढाइने पनि बताएका छन् ।

रासस

 

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top