विदेशी सचिवमार्फत ओलीले मोदीलाई पठाए सीमा विवाद समाधानको सन्देश

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् ।

दुई दिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् । बिहीबार साँझ बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताको माध्यमबाट सामान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफुहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘‘भारतीले विदेश सचिवले हाम्रा समस्याहरुलाई वार्ता द्धारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामीपनि नेपाल भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौं । नयाँ उचाईमा पु¥याउन चाहन्छौं । त्यसका लागि हामीले हामीसित रहेका केही समस्याहरु छन तिनिहरुको समस्या संवादको माध्यमबाट गर्नुपर्छ सीमा लगायतका सबै विषयहरुलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौं त्यो हल गरेर नै हामीले समस्याहरुलाई थाति राखेर होइन तिनिहरुको समाधान गर्दै अगाडि जाँदा नै नेपाल भारत सम्बन्धले नयाँ उचाई प्राप्त गर्दछ ।’

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरुले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताए । नेपाल सुरुबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामी सुरु देखि वार्ताको पक्षमा रहेका छौं र अहिले पनि हाम्रो मान्यता वार्ताको माध्यमबाट हाम्रा समस्या समाधान गरौं यद्दपी यी समस्याहरु हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्यहरु होइनन् ।’’

डा. भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्याहरु तिनिहरुको समाधान अहिले हामीले गरेर जान सक्दाखेरी म पनि र भारतीय प्रधानमन्त्री मोदि जि पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिवद्धता मान्यताबाट अगाडि निर्देशित छ । र त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं ।’’

वार्ताका लागि विभिन्न संयन्त्रहरु निर्माण भएपनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उनले बताए । परराष्ट्रमन्त्रीस्तरीय बैठकको मिति टुंगिएपछि बैठक बस्ने तय भएको पनि उनले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top