कोरोना संक्रमित देखिन थालेपछि २ दिन चलेका विद्यालय फेरि बन्द

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, बैतडी ।

Advertisement

हिजोदेखि सञ्चालन भएका बैतडीको दशरथचन्द नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत विद्यालयहरु आजदेखि पुन बन्द भएका छन् ।

समूदाय स्तरमै लक्षण सहितका कोरोना संक्रमित देखिन थालेपछि २ दिन चलेका विद्यालय फेरि बन्द गर्ने निर्णय गरिएको हो । आज बसेको दशरथचन्द नगरपालिका कार्यपालिकाको बैठकले १० दिनपछि विद्यालय खोने निर्णय गरेको छ । अहिले सञ्चालन भइरहेका परिक्षा भने स्थगित नगर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए ।

Advertisement

नगरपालिकाले गत बुधबार एक सूचना जारी गर्दै नगर क्षेत्रका विद्यालयहरु मंसीर ११ देखि सञ्चालन गर्न आग्रह गरेको थियो । कोरोना भाईरसका कारण लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालनका लागि निर्देश गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नराम्रो असर परेकाले विद्यालय खोलिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top