एशियाली विकास बैंकले १८ अर्ब २५ करोड २० लाख सहुलियतपूर्ण ऋण दिने

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, काठमाडौं ।

एशियाली विकास बैंक (एडीबी) ले नेपालमा जलविद्युतीय उर्जाको प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्न नेपाल सरकारलाई १८ अर्ब २५ करोड २० लाखको सहुलियतपूर्ण ऋण प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको जलवद्यिुत ग्रिड आधुनिकीकरण परियोजना मार्फत ग्रिडका सवस्टेशनहरुको देशभर आधुनिकीकरण, वितरण र प्रसारणलाई प्रणालीलाई विभिन्न क्षेत्रमा आधुनिकीकरण, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान तथा नेपाल विद्युत प्राधिकरणको जडान क्षेत्रको क्षमता विकास जस्ता क्षेत्रमा रकम खर्च गरिने एशियाली विकास बैकले जनाएको छ ।

यो परियोयोजना मार्फत हुने सहयोगले नेपालको जलविद्युतको वितरणलाई दिगो र भरपर्दो बनाउन र कोरोना पछिको आर्थिक पुर्ननिर्माणमा नेपाललाई राम्रो स्थानमा पुर्याउन मद्धत गर्ने एशियाली विकास बैकका प्रमुख उर्जा विज्ञ जीवन आचार्यले बताए।

यो परियोजना मार्फत नेपालमा २ सय २० तथा १ सय ३२ किलो भोल्टका स्वचालित ग्रिड सवस्टेशन निर्माण, १ सय १३ किलोमिटर नयाँ प्रसारण लाईन निर्माण र हालको १ सय ४४ किलोमिटर प्रसारण लाईनको स्तरोन्नती गर्ने र काठमाडौं उपत्यकामा ३ लाख ५० हजार उपभोक्ताहरुकोमा स्र्माट मिटरको जडान तथा काठमाडौंमा जलविद्युत वितरण प्रणाली नियन्त्रण र निर्देशनसम्बन्धी एक केन्द्र निर्माण गरिने छ ।

साथै परियोजना मार्फत सुरक्षित र भरपर्दो जलविद्युतको उपयोग उपभोक्ताहरुले गर्नुपर्छ भन्ने बारेमा महिला तथा सेवाबाट वञ्चित रहेकाहरुबीच चेतना अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिने छ ।

त्यसै गरी परियोजना मार्फत नेपाल विद्युत प्रधिकरणको संस्थागत विकास योजना निर्माण र कर्मचारीहरुलाई स्वचालित ग्रिड सवस्टेशनहरुको व्यवस्थापन क्षमतालाई सुदृढीकरण गरी प्राधिकरणको आर्थिक स्थायित्व संस्थागत वित्तिय रिपोटिङमा पनि सहयोग पुग्ने एशियाली विकास बैकले विज्ञप्ती मार्फत जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top